शनिबार, साउन १२, २०८१
  • होमपेज
  • समाचार
  • पौडी खेल्ने क्रममा तनहुँमा डुबेर दुई युवकको मृत्यु
समाचार

पौडी खेल्ने क्रममा तनहुँमा डुबेर दुई युवकको मृत्यु

तनहुँ । तनहुँको बन्दीपुर–२ बट्टारस्थित सुलेरहमा पौडी खेल्ने क्रममा  डुबेर दुई युवकको ज्यान गएको छ ।

बन्दीपुर–६ बस्ने २० वर्षीय विनोद गुरुङ र सोही स्थानका अन्दाजी २० वर्षीय हीरा गुरुङको मृत्यु भएको प्रहरीको भनाइ छ।

विज्ञापन

६ जना साथी मिलेर पौडी खेल्न गएकामध्ये उनीहरूको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएको छ। अन्य चारजना सकुशल रहेको र घटनाको अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।

विज्ञापन

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस