शनिबार, साउन १२, २०८१
  • होमपेज
  • समाचार
  • अफगानिस्तान बाढीमा परि ५० जनाको मृत्यु
समाचार

अफगानिस्तान बाढीमा परि ५० जनाको मृत्यु

काठमाडौँ । अफगानिस्तानका अन्य क्षेत्रमा बाढीका कारण कम्तीमा ५० जनाको मृत्यु भएको छ । अफगानिस्तानको मध्य क्षेत्रमा भारी वर्षा भएको अधिकारीहरूले बताएका छन् ।

भारी वर्षाका कारण पानीको सतह एक्कासी बढेको र धेरै मानिस बेपत्ता भएको अधिकारीहरुले बताएका छन् । बाढीका कारण हजारौं जनावर मरेका छन् भने दुई हजारभन्दा बढी घर ध्वस्त भएको अधिकारीहरूले बताएका छन् ।

विज्ञापन

गत हप्ता अफगानिस्तानको उत्तरी क्षेत्रमा बाढी आएको थियो र तीन सयभन्दा बढीको मृत्यु भएको थियो । अविरल वर्षाका कारण कृषिमा पनि क्षति पुगेको छ । अफगानिस्तानको ४ करोड जनसंख्यामध्ये ८० प्रतिशत कृषिमा निर्भर छन् ।

विज्ञापन

अफगानिस्तानको मौसम विभागले आगामी दिनमा धेरै क्षेत्रमा भारी वर्षा र बाढीको सम्भावना व्यक्त गरेको छ र यस सम्बन्धमा चेतावनी पनि जारी गरेको छ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस