बुधबार, मंसिर १२, २०८१
  • होमपेज
  • समाचार
  • कांग्रेस चितवनको आज बैठक बस्दै, यसरी बागी उठेका कांग्रेस नेतालाई मिलाउने विषयमा केन्द्रीत हुने
समाचार

कांग्रेस चितवनको आज बैठक बस्दै, यसरी बागी उठेका कांग्रेस नेतालाई मिलाउने विषयमा केन्द्रीत हुने

चितवन ।

नेपाली कांग्रेस चितवनको आज बैठक बस्दैछ । दिउँसो २ बजे पार्टी कार्यालय कमलनगरमा बैठक बस्न लागेको जिल्ला सचिव ध्रुव पोखरेलले जानकारी दिए ।

विज्ञापन

 

विज्ञापन

 

 

आजको बैठकमा स्थानीय तहको निर्वाचनमा सत्तागठबन्धनको केन्द्रको निर्णय अनुसार जिल्लामा गठबन्धन बनेको विषय र सोही विषयलाई लिएर असन्तुष्ट बनेको पक्षलाई कसरी मिलाएर लैजाने भन्ने विषयमा बैठक केन्द्रीत हुने सचिव पोखरेलले बताए ।

मंगलबार मात्रै कांग्रेस जिल्ला सभापति राजेश्वर खनालले स्वतन्त्र रुपमा उम्मेद्वारी दिएका कांग्रेस नेता जगन्नाथ पौडेलसंग छलफल गरेका थिए । सो विषयमा पनि बैठकमा जानकारी गराइने छ ।

कांग्रेस चितवन मनोनयनपत्र दर्ताको अन्तिम समयमा उम्मेद्वार टुंगो लगाउँदै उम्मेद्वारी दर्ता गराएको थियो । टिकट विषयमा पनि कांग्रेसभित्र चर्को विवाद सिर्जना भएको छ ।

मंगलबार साँझ पौडेल निवासमा जिल्ला सभापति खनालसंगै उपसभापति राजीव न्यौपाने र सचिव सूर्य अर्याल पुगेका थिए । सो भेटका क्रममा पूर्वसांसद समेत रहेका पौडेललाई आफ्नो निर्णयमा पूर्नविचार गर्न जिल्ला टोलीले आग्रह गरेको थियो । ‘तपाई जुन बाटो हिड्दै हुनुहुन्छ त्यो बाटोमा पूर्नविचार गरिदिनु भनेर आग्रह गर्‍यौ ,’ सभापति खनालले भने , ‘ उहाँलाई हामीले आफ्नो तर्फबाट कुरा गर्‍यौ । उहाँले पूर्नविचार गर्नुहन्छ भन्ने विश्वास गरेका छौ ।’ गठबन्धनको निर्णय अनुसार पार्टीलार्इ सहयोग गर्न पनि टोलीले आग्रह गरेको थियो ।

गठबन्धनले भरतपुरको महानगर प्रमुखमा नेकपा (माओवादी केन्द्र)लाई दिएर उपप्रमुख काँग्रेसले लिएको छ । उपप्रमुखसहित २९ वडा मध्ये कांग्रेसले २० वटा वडा लिएको छ । काँग्रेसलार्इ प्रमुख नदिएको भन्दै असन्तुष्ट पौडेलले स्वतन्त्र दिएका छन् ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस