सोमवार, जेष्ठ ७, २०८१
  • होमपेज
  • समाचार
  • पल शाहको बयान : पीडित नाबालिका हुन् भन्ने थाहा थियो
समाचार

पल शाहको बयान : पीडित नाबालिका हुन् भन्ने थाहा थियो

काठमाडौं । जबरजस्ती करणी गरेको अभियोग लागेका अभिनेता पल शाहले पीडित नाबालिका हुन् भन्ने आफूलाई थाहा भएको बयान दिएका छन् ।

जिल्ला प्रहरी कार्यालय, तनहुँले गरेको अनुसन्धानका क्रममा सरकारी वकिलसमक्ष बयान दिँदै उनले पीडित १८ वर्षभन्दा कम उमेरको भएको थाहा भएको उल्लेख गरेका हुन् ।

विज्ञापन

 

विज्ञापन

शाहले सार्वजनिक भएको अडियो रेकर्डमध्ये ‘ब्वाइफ्रेण्ड र गर्लफ्रेन्ड बीच हुनु नर्मल हो’ भन्ने आवाज पनि आफ्नै हो भनेका जिल्ला सरकारी वकिल कार्यालयले जिल्ला अदालतमा पेश गरेको अभियोगपत्रमा उल्लेख छ । तर उनले जबरजस्ती करणी गरेको अभियोग चाहिँ स्वीकारेका छैनन् ।

घटना भएको भनिएको दिन आफू पीडित सुतेको कोठामा गएर ढोका धकेलेर भित्र पसेको उनले स्वीकारेका अभियोगपत्रमा उल्लेख छ । तर वियर खान दिएर फेसवास लिएर कोठामा गई कमल खत्रीसँग सुतेको भनेका छन् । पीडितले २०७८ सालको जेठ महिना अन्तिमतिर फोन गरेर आफूहरुको सम्बन्धबारे अरुले थाहा पाएको बताएको उनले भनेका छन् ।

 

‘मलाई गाह्रो भयो, महिनावारी रोकियो, तपाईंले मलाई स्वीकार्नुपर्छ भन्ने म्यासेजहरु मलाई प्रेसित गरेकी थिइन्’ उनले भनेका छन्, ‘… छलफल गर्ने क्रममा पीडित पक्षले मलाई पीडितलाई तिमीले विवाह गर्नुपर्छ भनेकाले मैले पीडितको उमेर पुगेपछि विवाह गरौंला, अहिले केटीको उमेर पुगेको छैन भनेको थिएँ ।’

शाहविरुद्ध जिल्ला सरकारी वकिलको कार्यालय, तनहुँले मंगलबार जबर्जस्ती करणीको मुद्दा दर्ता गराएको छ । र, १२ देखि १४ वर्ष सजाय माग दाबी गरेको छ ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस