काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले अहिलेका ठुला भनिने राजनीतिक दलहरूबाट देश नबन्ने बताएका छन् । सुनसरीमा भएको कार्यक्रलाई मंगलबार सम्बोधन गर्दै उनले देश बचाउने भए अहिलेका मुलधारका राजनीतिक पार्टीसँग सम्बन्धविच्छेद गर्नुपर्ने बताए ।
उनले पार्टीहरू जति भए पनि ‘विदेशीको पाउ पर्ने र भ्रष्टचार गर्ने’ बेलामा एकै ठाउँमा उभिने गरेको दाबी गरे ।
विज्ञापन
विज्ञापन
“यो देश बचाउने भए कांग्रेस, एमाले, माओवादीलगायतका दलहरूसँग डिभोर्स गर्न जरुरी छ । भोट दिने कुरा छोरी दिने भन्दा पनि महत्वपूर्ण हो,” उनले भने, “दलहरू खाने बेलामा, विदेशीको पाउ पर्ने बेलामा एकै ठाउँमा छन् । एमसीसीको विषयमा पनि एउटा टालो लगाएर लाज छोप्दै गए भने ।”
लिङ्देनले अहिलेका राजनीतिक दलहरूको सोचाइ दास प्रवृत्तिको भएको पभन्दै यस्ता पार्टीबाट देश नबन्ने बताए । उनले आउँदो चुनावबाट राप्रपाले जितेको स्थानीय तहमा १२ कक्षासम्म शिक्षा निशुल्क शिक्षा प्रदान गरिने पनि बताए । यस्तै जितेको स्थानीय तहमा जनताले अस्पतालको मुख देख्न नपाएर ज्यान गुमाउनु नपर्ने उनले दाबी गरे ।
फेसबुक प्रतिक्रियाहरु