आइतवार, फाल्गुन ९, २०८२
  • होमपेज
  • समाचार
  • चिरञ्जिवीको फिल्ममा २० करोड पारिश्रमिक लिन सलमानले गरे अस्विकार
समाचार

चिरञ्जिवीको फिल्ममा २० करोड पारिश्रमिक लिन सलमानले गरे अस्विकार

Renu Dahal

बलिउड अभिनेता सलमान खानले साउथका सुपरस्टार चिरञ्जिवीको नयाँ फिल्म ‘गडफादर’मा काम गर्दैछन् । यो फिल्ममा सलमानको अतिथी भूमिका रहने भारतीय मिडियाले उल्लेख गरेका छन् । यो फिल्ममा अतिथी भूमिकामा काम गरेवापत सलमानलाई चिरञ्जिवी २० करोड पारिश्रमिक दिन चाहन्थे । तर, सलमानले पारिश्रमिक लिन अस्विकार गरेको भारतीय मिडियामा समाचार छ ।

सलमानले यदि आफूलाई पारिश्रमिक दिने हो भने आफूले अतिथी भूमिकामा काम नगर्ने बताएका थिए ।

विज्ञापन

सलमानले चिरञ्जिवीलाई ‘मेरो फिल्मबाट तपाइलाई अफर गरेको भए पारिश्रमिक लिनुहुन्थ्यो’ भनेर सोधेका थिए । यो प्रश्नको चिरञ्जिवीले जवाफ दिन सकेनन् । फिल्ममा सलमानको २० मिनेटको भूमिका रहनेछ । उनले फिल्मका लागि एक साताको समय दिनेछन् ।

विज्ञापन

सलमान अभिनेत्री कट्रिना कैफसँग फिल्म ‘टाइगर ३’को छायांकनमा व्यस्त छन् । यो फिल्मपछि उनले ‘कभी इद कभी दिवाली’मा काम गर्ने तयारी गरेका छन् ।

फेसबुक प्रतिक्रियाहरु

सम्बन्धित समाचार

भर्खरै

सिफारिस