सोमवार, जेष्ठ ७, २०८१
  • होमपेज
  • समाचार
  • एमालेले दण्ड पाउनुपर्छः गगन थापा
समाचार

एमालेले दण्ड पाउनुपर्छः गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आसन्न स्थानीय चुनावमा हार्न योग्य दल नेकपा एमाले भएको टिप्पणी गरेका छन् ।

दुईपटक संसद विघटन गरेर विसंगति भित्र्याउने मूल दोषी एमाले भएको उनको तर्क छ ।

विज्ञापन

सिन्धुपाल्चोक-काठमाडौं सम्पर्क समितिले सोमबार काठमाडौंमा गरेको अन्तर्क्रियामा महामन्त्री थापाले भने, ‘संसद पटक पटक विघटन गर्ने एमाले हो । उसले दण्ड पाउनुपर्छ ।’

विज्ञापन

उनले अघि भने, ‘आफ्नै घरमा आगो लगाउनेलाई किन भोट हाल्ने भनेर तपाईंहरुले जनतालाई भन्नुपर्छ ।’

२०७४ को आम चुनावमा कांग्रेसले सरकार बनाउने म्याण्डेट नपाएको भएपनि तत्कालिन नेकपाको अकर्मण्यताका कारण सरकारको नेतृत्व गर्नुपरेको उनले बताए ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस