सोमवार, चैत्र ३, २०८१
  • होमपेज
  • समाचार
  • केपी शर्मा ओलीमा दिमागी समस्या छ : माधव नेपाल
समाचार

केपी शर्मा ओलीमा दिमागी समस्या छ : माधव नेपाल

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीमा दिमागी समस्या रहेको आरोप लगाएका छन् । उनले ओलीको दिमागी असन्तुलनकै कारण आफ्नो पार्टी र गठबन्धनलाई अनेक लाञ्छना लगाएको उनको आरोप छ ।

 

विज्ञापन

उनले मंगलबार आयोजित पत्रकार सम्मेलनमा ओलीले आजै गरेको पत्रकार सम्मेलनमा प्रयोग गरेको भाषाको पनि आलोचना गरे । उनले ओलीमा देश शक्तिको भावना नरहेको जिकिर गर्दै उनले दक्षिणपन्थको बाटो अँगालेको बताए । दक्षिणपन्थ अँगालेको मान्छे कम्युनिस्ट र देशभक्त हुन लायकै नहुने उनको भनाइ छ । एमसीसीमाथि आशङ्का खडा गर्ने काम केपी ओलीले नै सरकारमा हुँदा गरेको जिकिर गर्दै नेता नेपालले त्यसमा उनको क्याबिनेटका मन्त्रीहरूको पनि दोष रहेको बताए ।

विज्ञापन

यसबारे प्रश्न उठाउँदा ओलीले नेता कार्यकर्तामाथि लाञ्छना लगाउनुका साथै आत्मालोचना पनि नगरेको नेपालले बताए । ओलीमा व्यक्तिवाद र अधिनायकवादी चिन्तन रहेको बताउँदै नेपालले उनमा आफूमाथि कसैले औँला ठड्याएर समाप्त पार्ने सोच रहेको आरोप लगाए ।

 

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस