Advertisement area

  • Skip this

Advertisement area

आइतवार, साउन ३२, २०८२
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • हप्तामा ४ दिन काम ३ दिन छुट्टी ! छुट्टीमा हाकिमलाई नटेर्न पनि पाइने
अन्तर्राष्ट्रिय

हप्तामा ४ दिन काम ३ दिन छुट्टी ! छुट्टीमा हाकिमलाई नटेर्न पनि पाइने

काठमाडौं। विश्वका धेरै देशहरुमा शनिबार र आइतबार २ दिन विदा दिने प्रचलन छ । २०२२ सालको सुरुदेखि युएइले शनिबार र आइतबार विदासँगै शुक्रबार पनि आधा दिन विदा दिन थालेको थियो । यसलाई विश्वमै सबैभन्दा धेरै विदा दिने परम्परा मानिैको थियो । तर, युरोपेली देश बेल्जियमले युइएलाई पनि उछिन्दै हप्तामा ३ दिन विदा दिने भएको छ ।

प्रधानमन्त्री अलेक्जेण्डर डी क्रुले कोभिडपछि देशको अर्थव्यवस्था र जनताको जीवनस्तरमा सुधार ल्याउनको लागि नयाँ श्रम कानुन ल्याइएको घोषणा गरेका छन् । मंगलबार श्रम कानुनमा गरिने परिवर्तनबारे आफ्ना मन्त्रीहरुसँग रातभर छलफल गरेपछि प्रधानमन्त्री डी क्रुले पत्रकारहरुसँग कुरा गर्दै भने ‘कोभिडका कारण हामी अधिक लचिलो ढंगले काम गर्न बाध्य भइरहेका छौं । श्रम बजार पनि यसको अनुकूल हुनु जरुरी छ ।’

विज्ञापन

नयाँ श्रम कानुनमा गरिएको सबैभन्दा आकर्षक परिवर्तन हो कामको समय सकिएपछि आफ्नो बफिसको फोन बन्द गर्न पाइन्छ । श्रम कानुनमा भनिएको छ ‘कर्मचारीहरुलाई हाकिमको डर बिना कामको समय सकिएपछि आफ्नो डिभाइस अफ गर्ने र अफिसको म्यासेजलाई बेवास्ता गर्ने अधिकार छ ।’ नयाँ कानुनअनुसार कर्मचारीले हप्ताका ४ दिनमा ३८ घण्टा काम गर्नुपर्नेछ र पारिश्रमिकमा कुनै कटौती हुने छैन ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

सम्बन्धित समाचार

‘पुटिनले हामीलाई मूर्ख बनाउन सक्दैनन्’ : जेलेन्स्की
अन्तर्राष्ट्रिय
‘पुटिनले हामीलाई मूर्ख बनाउन सक्दैनन्’ : जेलेन्स्की

एजेन्सी । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले आफूहरूलाई मूर्ख बनाउन नसक्ने बताएका छन्। बुधबार बर्लिनमा युरोपेली नेताहरूसँग भेटघाट र अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पसँग कुराकानी गरेपछि जेलेन्स्कीले भनेका छन्, ‘पुटिनले हामीलाई मूर्ख बनाउन सक्दैनन्।’ यस क्रममा उनले अमेरिका युक्रेनप्रतिको समर्थनलाई निरन्तरता दिन तयार रहेको दाबी पनि गरेका छन्। राष्ट्रपति ट्रम्पले भने बुधबार रुस र युक्रेनबीचको युद्ध अन्त्यका विषयमा जर्मनीमा […]

  • ४ दिन अगाडि

भर्खरै

सिफारिस