आइतवार, जेष्ठ ६, २०८१
  • होमपेज
  • समाचार
  • प्रजातन्त्र दिवसमा ओलीको गुनासो: संविधानको गलत व्याख्या गरेर मलाई सरकारबाट हटाइयो
समाचार

प्रजातन्त्र दिवसमा ओलीको गुनासो: संविधानको गलत व्याख्या गरेर मलाई सरकारबाट हटाइयो

एमाले अध्यक्ष केपी शर्मा ओलीले संवैधानिक प्रबन्धको गलत व्याख्याद्वारा आफूहरुलाई सरकारबाट बाहिर पुर्यारइएको गुनासो गरेका छन्।

प्रजातन्त्र दिवसका अवसरमा शुभकामना सन्देश दिँदै ओलीले आफू नेतृत्वको सरकारले मुलुकलाई गरिवीबाट सम्पन्नतातिर, अविकासबाट विकासतिर, अव्यवस्थाबाट सुव्यवस्थातिर अगाडि बढाइरहेको भए पनि संविधानको गलत व्याख्या गरेर हटाइएको बताएका हुन्।

विज्ञापन

‘नेकपा (एमाले) ले सरकारको नेतृत्व गरिरहँदा नेपाललाई समृद्ध र नेपालीलाई सुखी बनाउने आकाङ्क्षा पूरा गर्न आफ्ना हरेक क्षण, सम्भावना र सामर्थ्यको सदुपयोग गरेको थियो’ उनले भनेका छन्, ‘संवैधानिक प्रवन्धको गलत व्याख्याद्वारा हामीलाई सरकारबाट बाहिर पुयाइएपछि अवरुद्ध हुन पुगेको समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने हाम्रो अभियानलाई हामी अझ सवल रुपमा अगाडि बढाउन चाहन्छौं।’

विज्ञापन

उनले आज नेपाली जनताको एकताबद्ध संघर्षबाट निरङ्कुश जहानियाँ राणा शासनको अन्त्य भएको दिन भएको भन्दै यसदिन नेपालीका लागि नयाँ युग आरम्भको बिन्दु भएको बताएका छन्।

‘जनताको बलिदानीद्वारा शासन प्रणालीको पात्रो बदलिएको यस ऐतिहासिक दिनका अवसरमा म देशभित्र र बाहिर रहनु भएका सम्पूर्ण नेपाली दिदीवहिनी तथा दाजुभाइहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछु’ सन्देशमा भनिएको छ, ‘समाज, राजनीति र शासनप्रणालीमा जहानियाँ निरङ्कुशता एवं बर्बरताबाट मुक्ति पाएको र लामो अन्धकार चिरेर प्रकाशमय सुन्दर बिहानी प्राप्त भएको बिन्दुका रुपमा हामी यस दिनलाई स्मरण गर्दछौं।’

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस