On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

शनिबार, जेष्ठ ५, २०८१
рдЬреЛрдбрд┐рдиреБрд╣реЛрд�
  • होमपेज
  • समाचार
  • देउवाको नयाँ रणनीति – गठबन्धन फुटाउने, एमालेसँग मिलेर सरकार बनाउने !
समाचार

देउवाको नयाँ रणनीति – गठबन्धन फुटाउने, एमालेसँग मिलेर सरकार बनाउने !

काठमाडौँ । अमेरिकी सहयोग परियोजना एमसीसीका कारण सत्ता गठबन्धन फुटको संघारमा पुगेको छ । प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा गठबन्धन तोडेर भए पनि एमसीसी परियोजना संसद्मा टेबल गर्ने र पास गराउने निर्णयमा पुगेका छन् ।

कांग्रेस उच्च स्रोतका अनुसार अब देउवा गठबन्धनका दल नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)लाई साथै लिएर एमसीसी परियोजना पास गराउने गृहकार्यबाट पछि हट्न थालेका छन् । उनले रणनीति परिवर्तन गर्दै प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) सँग मिलेर परियोजना पास गराउने तयारी गरेको स्रोतले बताएको छ ।

विज्ञापन

प्रधानमन्त्री देउवाले बुधबारको संसद् बैठकमै एमसीसी टेबल गर्ने तयारी गरेका थिए । यो विषयमा गठबन्धनमा रहेका मुख्य दल माओवादी केन्द्र र एकीकृत समाजवादीसँग पनि सहमति जुटेको थियो । सहमति बमोजिम देउवाले सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जवराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गराउन सहमत भएका थिए ।

विज्ञापन

 

 

तर, बुधबारको बैठकमा एमसीसी टेबल गरे गठबन्धन तोड्ने र सरकार छोड्ने माओवादी केन्द्रको संसदीय दलले निर्णय गरेपछि संसद् बैठकमा एमसीसी टेबल हुन सकेन । बुधबार संसद् बैठक बस्नुअघि प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच बालुबाटारमा बैठक भयो र गठबन्धनमा आवद्ध सबै दलहरूबीच अन्तिम तथा निर्णायक छलफल गर्ने सहमति भयो । जसका कारण देउवाको चाहना अनुरुप एमसीसी टेबल हुन सकेन ।

“आफूलाई सत्ता दिलाएको प्रधानन्यायाधीशविरुद्ध महाअभियोग दर्ता गराउनु हाम्रो रहर थिएन । उनीहरु (प्रचण्ड र नेपाल) को कारण हामीले त्यो निर्णय पनि गर्‍यौँ । अन्तिममा हामीलाई धोका भयो,” पार्टी केन्द्रीय सदस्यसमेत रहेका एक सांसदले  भने ।

ती सांसदका अनुसार अब प्रधानमन्त्री देउवा गठबन्धनको भारी बिसाएर नयाँ गठबन्धन बनाउने मनसायमा पुगेका छन् ।

मंगलबार बसेको पार्टीको संसदीय दलको बैठकमा आफूहरूले काम गर्न नदिने गठबन्धन गरेर पार्टीलाई फाइदा नहुँने भएकाले अघि बढाउनुको औचित्य नभएको सल्लाह देउवालाई दिएको उनले जानकारी दिए ।

जवाफमा देउवाले के भने त भन्ने  प्रश्नमा उनले सभापति गठबन्धनको भारी बिसाउने तरखरमा रहेको आफूहरुले पाएको उनको दाबी छ ।

“सभापतिले केही दिन पर्खन्छु भन्नुभयो, हामीले चाडोँ निर्णय गर्नुपर्छ भन्यौँ,” उनले भने ।

त्यसो भए अब एमालेसँग गठबन्धन भएर सरकार बन्छ त भन्ने प्रश्नमा ती सांसदले अन्य विकल्प लगभग समाप्त भएको तर्क गरे ।
यता, पार्टीका एक पदाधिकारीले पनि एमसीसी पास गराउन कांग्रेसले जुनसुकै उपाय अबलम्वन गर्ने बताए ।

“अब सधैं गठबन्धन भनेर बस्न जरुरी छैन, संसदबाट जसरी पनि एमसीसी अघि बढ्छ । विकल्पहरूमा सभापतिको ध्यान गएको छ,” ति पदाधिकारीले भने ।

ति पदाधिकारीका अनुसार अब एमालेसँग मिलेर एमसीसी अघि बढाउने निर्णयमा कांग्रेस पुगेको छ ।

“आज कांग्रेस र एमाले मात्र सडकमा थिएन । बाँकी सबै विरोध गर्दै सडकमा निस्किए । यसको अर्थ अब गठबन्धन कता जान्छ अनुमान गर्न गाह्रो छैन,” उनले भने ।

माओवादी संसदीय दलको बैठकले गठबन्धन छाड्ने चेतावनी दिएपछि २ दिन पर्ख र हेरको अवस्थामा देउवा पुगेका छन् ।

फागुन ६ गते बस्ने संसद् बैठकमा जुनसुकै हालतमा एमसीसी टेबल गर्ने कानुनमन्त्री दिलेन्द्र बडूले जानकारी दिएका छन् ।

बाधक सभामुख, बिहीबार अन्तिम अवसर !

यता, एमसीसीको विषयमा छलफल गर्न बिहीबार गठबन्धन दलहरुको बैठक बस्दैछ । तर, त्यो बैठकले पनि नतिजा नदिने कांग्रेसको बुझाइ छ ।

“भोलिको बैठकमा हामीले एमसीसीको विषयमा बुझाउन सक्छौँ भन्ने हामीलाई छैन, त्यो बैठकको औचित्य पनि छैन,” ति पदाधिकारीले भने,“अब गठबन्धन भनेर कुर्ने समय छैन । यो गठबन्धन मात्र सबै कुरा होइन । त्यसकारण ढुक्क हुनुहोस् एमसीसी टेबल हुन्छ । सरकारमा पनि रहने र सडकमा पनि निस्कन मिल्दैन ।”

कांग्रेसका अर्का सांसद माओवादी र एकीकृत समाजवादीलाई गठबन्धनमा बस्ने कि छाडेर जाने भन्ने अन्तिम निर्णय गर्ने अवसरस्वरुप बिहीबारलाई गठबन्धनको बैठक डाकिएको बताउँछन् । सो समयसीमा पनि दाहाल र नेपालले मागेको उनी बताउँछन् ।

तर,कांग्रेसले यसलाई अल्मल्याउने नीतिको रुपमा मात्र हेरेको छ । ति नेता एकदिन समय माग्दा दुर्घटना टर्छ भने किन नदिँने भनेर समय उपलव्ध गराइएको बताउँछन् ।

कांग्रेसको बुझाइमा एमसीसी परियोजनाको बाधक सभामुख अग्नि सापकोटा र अर्थमन्त्री जर्नादन शर्मा हुन् ।

“प्रचण्डले सोमबारको बैठकमा पास गराउने संकेत दिनुभएको थियो । तर, उहाँकै पार्टीबाट सभामुख बनेका अग्नि सापकोटा र अर्थमन्त्री जर्नादन शर्मा बाधक बन्नुभयो,” उनले भने, “सभामुख आज बिहानबाट अकस्मात युटर्न हुनुभयो र कार्यव्यवस्था समितिमा सर्वसम्मत नभएकाले पेश गर्न नसकिने भन्नुभयो । यो कार्यव्यवस्थामा राख्ने विषय होइन सरकारले ल्यायो सभामुखले संसद्मा बाधक बन्न नहुने विषय हो । उहाँले बहानामा कार्यव्यवस्था समितिलाई रोज्नुभयो ।”

अब कांग्रेसले के गर्छ त भन्ने बाह्रखरीको प्रश्नमा उनले एक दिन विकल्पको बारेमा सोच्न उनीहरूलाई समय दिइएको बताए ।

उनले एमसीसीका पक्षधरहरूबीच अनौपचारिक संवादहरू अघि बढिसकेको पनि बताए ।

“भोलिको गठबन्धनले के नतिजा दिन्छ हेरौँ । हामीलाई आश त छैन,” उनले भने,“गठबन्धनमा कुरा मिलेन भने प्रतिपक्षी दलसँग भोलि नै कुरा मिल्न सक्छ ।”

बालुबाटार निकट ती सांसदका अनुसार प्रधानमन्त्री देउवाले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग यो विषयमा कुरा राखिसकेका छन् ।

“एमालेले गठबन्धनभित्र कुरा मिले मिलाएर, नमिले पनि त्यसै अनुरुप आउनुहोस् । अनि सहकार्यको विषयमा छलफल गरौँला भनेको छ,” उनले भने ।

अहिलेको बाधक भनेको परियोजना टेबल गर्न नचाहने अर्थमन्त्री र टेबल गर्न नदिने सभामुख भएकाले विकल्प खोज्न ढिला भइसकेको कांग्रेसभित्र बुझाई छ ।

“सरकारले भनेको मन्त्रीले नटेर्ने र सभामुखले नमान्ने भन्ने हुन्छ र ! नैतिकताको आधारमा भए उहाँले राजीनामा गर्नुपर्छ । तर, उहाँहरू सत्ता नछोड्ने विरोध पनि गर्न नछोड्ने अवस्थामा हुनुहुन्छ । त्यसकारण अब विकल्पको खोजी हुन्छ,” उनले भने ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस