On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

बिहिबार, बैशाख २०, २०८१
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • ओलीको दोहोरो चरित्र !
समाचार

ओलीको दोहोरो चरित्र !

काठमाडौँ ।

आफ्नो नेतृत्वको सरकार छँदा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन ( एमसीसी ) जसरी पनि अनुमोदन हुनुपर्ने बताउँदै मरिहत्ते गर्दै आएका एमाले अध्यक्ष केपी शर्मा ओली र उनको दल एमाले संशोधन गर्नुपर्ने पक्षमा उभिएका छन् ।

विज्ञापन

अहिले भने विपक्षी कित्तामा पुगेपछि दोहोरो चरित्र देखाउन थालेका ओलीले पहिले गठबन्धनको धारणाको माग गरेका छन् । सरकारको मुख्य दल र नेपाली काँग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा एमसीसी सम्झौता संसदबाट जसरी पनि अनुमोदन गराउने तयारीमा जुटेका छन् तर, एमाले न यताको न उताको कित्तामा देखिएको छ ।

विज्ञापन

जनमानसमा चौतर्फी विरोध हुँदाहुँदै पनि सरकारले यसलाई जतिसक्दो छिटो संसदबाट पास गर्नुपर्ने भन्दै अग्रसरता देखाएको छ । विपक्षी दलको नेता भएपछि ओलीले एमसीसी पारित गराउन आफ्नो दल आवश्यक नपर्ने बताउँदै आएका छन् । उनले एमसीसी सम्बन्धमा आफ्नो र आफ्नो दलको न समर्थन, न विरोध रहेको उल्लेख गर्न थालेका छन्।

तर प्रधानमन्त्री छँदा एमसीसीको विरोध गर्नेहरुलाई तथानाम भन्नेगरेका उदाहरण प्रसस्तै छन् । ओलीले उक्त सम्झौता पढ्न अल्छी लागेकाहरुले हचुवाको भरमा विरोध गरेको भनेर सार्वजनिक मञ्चबाटै बोलेका थिए ।

दुई वर्षअघि उनले राष्ट्रिय सभा बैठकमा बोल्दा एमसीसीको विरोधमा आवाज उठाउनेहरु खुट्टा हुँदाहुँदै टाउकाले टेकेर हिंड्नेहरूले विरोध गरेको सम्म भन्न भ्याए । एमसीसीको विरोध गर्नेहरूतर्फा इंगित गर्दै ओलीले भनेका थिए, ‘खुट्टा हुँदाहुँदै टाउकाले टेकेर हिँड्न जरुरी छैन ।’ त्यतिमात्र होइन ओलीले भनेका थिए, ‘एमसीसीमा अमेरिकी सेना नेपालमा आउने भनेर कहाँ लेखेको छ ? राम्ररी पढ्नु ।’ उनकै भाषामा अहिले भने ओलीले आफैले खुट्टा हुँदाहुँदै टाउकाले टेकेर हिंड्न थालेका छन् ।

एमसीसीको पक्षमा वकालत गर्दै ओलीले राष्ट्रिय सभामै भनेका थिए, ‘कागले कान लग्यो भनेर पछि पछि कुद्न नहुने बताउँदै सम्झौतामा के लेखेको छ भनेर पढ्न,’ भन्दै खिसिट्युरी गरेका थिए । उनले अगाडी भनेका थिए, ‘एमसीसी पास गर्ने पक्षमा बोल्दा विरोधीहरुलाई विकास हुन लाग्यो भनेर चिन्ता लागेको छ ।’

एमसीसी सम्झौतालाई आफूले राम्रो देखेको बताउँदै राष्ट्रिय सभामा ओलीले अढाइ दशक अघिको महाकाली सन्धिको उदाहरण समेत दिन भ्याएका थिए । पहिले महाकाली सन्धिमा हस्ताक्षर गर्ने समयमा भारतीय पक्षले ‘अब मे सही करलु’ भनेपछि सबैले हुन्छ भनेको उताको क्षणको पनि उनले स्मरण गराएका थिए ।

यति धेरै जानकारी दिएका एमाले अध्यक्ष ओलीले त्यही एमसीसीको बारेमा पछिल्ला दिनमा ‘न हाँसको न कुखुराको चालमा’ कुरा राख्दै आएका छन् । हिजोका दिनमा बोलेका कुरा आज पनि त्यत्तिकै ठीक छन् वा सान्दर्भिक छन् भन्न उनलाई के कुराले बाधा पुर्याएको होला ?

 

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस