On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • प्रेसरमा प्रचण्ड : देउवादेखि अमेरिकी मन्त्रीसम्मको दबाब
समाचार

प्रेसरमा प्रचण्ड : देउवादेखि अमेरिकी मन्त्रीसम्मको दबाब

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ यतिबेला आन्तरिक र बाह्य दबाबको चेपुवामा परेका छन् । एकातिर एमसीसीलाई फेब्रुअरीको डेड लाइनभित्र निष्कर्षमा पुर्‍याउन प्रधानमन्त्री शेरबहादुर देउवादेखि अमेरिकासम्मको दबाब प्रचण्डमाथि छ भने अर्कोतिर पार्टी पदाधिकारी चयन गर्दा पार्टीभित्र सन्तुलन मिलाउनुपर्ने दबाब पनि त्यतिकै छ । त्यही दबाबका कारण प्रचण्ड माघ २८ गते बोलाइएको पार्टीको केन्द्रीय समितिको बैठक नै सार्न बाध्य भएका छन् ।

शुक्रबारको केन्द्रीय समितिको बैठकको सबै तयारी पुरा भइसकेको थियो । बैठकमा पेस गर्ने पदाधिकारीको प्यानल पार्टी अध्यक्ष प्रचण्डले बिहीबारसम्म टुङ्गो लगाउने भनिएको थियो । माओवादी स्रोतले  भन्यो, ‘पार्टीभित्र र बाहिरको घेराबन्दीमा परेपछि अध्यक्षले बैठकबारे होमवर्क नै गर्न पाउनुभएन । त्यही भएर अन्तिम समयमा बैठक नै स्थगित गर्नुपर्ने अवस्था आयो ।’

विज्ञापन

कार्यकर्ताकै ‘घेराबन्दी’
स्थानीय चुनावको मिति घोषणा भएपछि प्रचण्ड निवास खुमलटारमा यतिबेला पार्टीका नेता कार्यकर्ताको लाइन नै लाग्न थालेको छ । पार्टी प्रवेश गर्नेदेखि चुनावी छलफल गर्ने काम खुमलटारमा नै भइरहेको छ । प्रचण्डका सचिवालयका एक सदस्यले भने, ‘नेता कार्यकर्ताहरू पूर्व जानकारी बिना नै आइपुग्नु हुन्छ । कोही पार्टी प्रवेश गर्ने भन्नुहुन्छ, कोही के समस्या लिएर आउनुहुन्छ । उहाँहरू घरमा नै आएपछि नभेट्ने कुरा भएन । आजभोलि अध्यक्षको धेरै समय भेटघाटमा नै बित्न थालेको छ ।’
अब बस्ने बैठकले केन्द्रीय समितिलाई पूर्णता दिनुका साथै १५ सदस्यीय केन्द्रीय पदाधिकारी, स्थायी कमिटी र पोलिटब्युरो कमिटीलाई समेत पूर्णता दिने कार्यतालिका रहेको थियो । माओवादीको पार्टी विधानअनुसार केन्द्रीय कमिटीले अध्यक्षसहितको १५ सदस्यीय पदाधिकारी चयन गर्नेछ । तर आकांक्षी धेरै भएपछि प्रचण्डलाई यतिबेला भागबण्डा मिलाउन नै सकस परिरहेको छ ।

विज्ञापन

 

एमसीसीको दबाब
पार्टीभित्र मात्र होइन, प्रचण्डमाथि पार्टी बाहिरबाट पनि उत्तिकै दबाब छ । प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवासँग मिलेर प्रचण्डले एमसीसी सम्झौता पारित गर्नका लागि केही समय माग गर्दै पत्र लेखेका थिए । दुई नेताले मागेको समय फेब्रुअरी महिनाको अन्तिममा सकिँदैछ । यसका लागि फेरि समय थप गर्न नसकिने अमेरिकाले स्पष्ट पारिसकेको छ । यही डेड लाइनभित्र एमसीसीलाई जसरी पनि पारित गराउन दबाब बढ्दो छ ।

प्रधानमन्त्री देउवा फागुन २ गते बोलाइएको प्रतिनिधिसभाको बैठकमा जसरी पनि एमसीसीलाई टेबल गर्न चाहन्छन् । यसका लागि देउवाले प्रचण्डलाई निरन्तर दबाब दिइरहेका छन् । उता, अमेरिकी पक्षले पनि प्रचण्डलाई त्यतिकै प्रेसर गरिरहेको छ । बिहीबार मात्रै अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले प्रचण्डलाई फोन नै गरेर फेब्रुअरीभित्र ‘एनी हाउ’ एमसीसीलाई निष्कर्षमा पुर्‍याउन दबाब दिएका छन् । माओवादी स्रोतका अनुसार प्रचण्डले लुलाई एमसीसी पारित गर्ने म्याद केही समयका लागि थप्न आग्रह गरे पनि लुले प्रचण्डलाई अब त्यो कुरा सम्भव नभएको स्पष्ट पारेका छन् । लु गत मङ्सिर १ मा पनि नेपाल नै आएर नेपालका नेताहरूलाई एमसीसी पारित गर्न दबाब दिएका थिए ।

अनि सर्‍यो बैठक
बिहीबार दिउँसो बैठकबारे छलफल गर्न अर्का नेता नारायणकाजी श्रेष्ठ प्रचण्ड निवास खुमलटार पुगेका थिए । श्रेष्ठ खुमलटार पुगेपछि प्रचण्डले आफ्नो दुःखको पोको फुकाए । उनले आफूले बैठकबारे कुनै होमवर्क नै गर्न नपाएको कुरा श्रेष्ठलाई सुनाए । आफू पार्टीकै नेता कार्यकर्ताको घेराबन्दीमा परेकोदेखि एमसीसीबारे आएको दबाबबारे प्रचण्डले श्रेष्ठलाई सुनाएपछि दुवै नेता भोलिको बैठक स्थगित गर्ने निष्कर्षमा पुगे ।

माओवादी स्रोतका अनुसार प्रचण्ड अब फागुन २ गतेसम्म पर्ख र हेरको अवस्थामा छन् । त्यस दिन बोलाइएको प्रतिनिधासभा बैठकमा सरकारले एमसीसीबारे कस्तो कदम चाल्छ, त्यसअनुसार आफ्नो मुभ अघि सार्ने पक्षमा प्रचण्ड छन् । ‘पार्टीको बैठक फागुन २ गते पछि बस्नु नै उपयुक्त हुने अध्यक्ष प्रचण्डको बुझाइ छ । अब सायद त्यस दिनपछि मात्र पार्टीको बैठक बस्छ होला, माओवादी स्रोतले  भन्यो । रातोपाटीबाट साभार

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस