शनिबार, साउन १२, २०८१
  • होमपेज
  • विचित्र संसार
  • छोरा पाउने आशामा टाउकोमा कीला ठोकाइन् गर्भवती महिलाले
विचित्र संसार

छोरा पाउने आशामा टाउकोमा कीला ठोकाइन् गर्भवती महिलाले

पाकिस्तानमा एक गर्भवती महिलाले छोरो पाउने आशमा निकै खतरनाक काम गरेकी छन् ।

तीन छोरीकी आमा छोरा पाउने आशामा पीर (मुसलमान झाँक्री) कोमा पुगिन् । ती पीरले महिलाको टाउकोमा दुई इन्च मोेटो कीला ठोके अनि अब छोरा नै हुने ग्यारेन्टी दिए ।

विज्ञापन

महिलालाई अस्पतालमा भर्ना गरिएको छ र स्वास्थ्य निकै गम्भीर छ ।

विज्ञापन

अस्पतालमा पहिले त महिलाले आफ्नो टाउकोमा आफैं कीला ठोकेको बताइन् तर पछि पीरले कीला ठोकेको बताइन् ।

महिलाको भ्रूण जाँच गर्दा फेरि पनि छोरी नै देखिएको छ ।

महिलाका पतिले छोरा नपाएमा तलाक दिने धम्की दिएका छन् । त्यसैले तनावमा आएर महिलाले खतरनाक कदम चालेकी हुन् ।

जिओ न्युजका अनुसार, गर्भवती महिला चिम्टीले कीला निकाल्ने कोशिश गर्दै अस्पताल पुगेकी थिइन् । अस्पतालका डाक्टर हैदर खानका अनुसार, महिला सचेत थिइन् तर उनलाई भयानक पीडा भएको थियो ।

कीला टाउकोमा पसेको भए पनि उनको मस्तिष्कमा असर परेको थिएन ।

बाज गुल नामक ती महिलाको शिरबाट कीला सफलतापूर्वक निकालिएको छ । पेशावर प्रहरीले कीला ठोक्ने पीरको पहिचान खुलेको र उसविरुद्ध कानूनी कारवाही चलाइने बताएको छ ।

एजेन्सी

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस