शनिबार, साउन १२, २०८१
  • होमपेज
  • विजनेश
  • निफ्राकाे सेयर भएकाहरुलाई फेरी अर्काे खुसीकाे खबर
विजनेश

निफ्राकाे सेयर भएकाहरुलाई फेरी अर्काे खुसीकाे खबर

केही समय अघि हाल सम्मकै सबै भन्दा ठूलो आइपीओ सार्वजनिक गरेको नेपाल पूर्वाधार विकास बैंक(निफ्रा)को नयाँ कम्पनी थप्ने प्रक्रिया तिब्र रुपमा अगाडि बढेको छ ।

छिमेकी मुलुक भारत र बंगलादेशमा विद्युत् बेच्न अनुमति दिने प्रक्रिया अगाडि बढेको छ । अहिले यो प्रक्रिया मन्त्रालयमा स्वीकृतिको चरणमा रहेका छन् र छिट्टै यो काम टुंगिने कम्पनीको विश्वास छ ।

विज्ञापन

बैंकले भारत र बङ्गलादेशका व्यापारीहरुको लगानी भित्र्याउने प्रस्ताव ऊर्जा, जलश्रोत तथा सिंचाईं मन्त्रालयमा पठाएको थियो । नेपालको विद्युत् छिमेकी मुलुकमा बेच्न सक्ने क्षमता अध्ययन गरेर मन्त्रालय निफ्रालाई विदेशी कम्पनीहरुको सहकार्यमा ‘विद्युत् व्यापार कम्पनी’ खोल्न दिने विषयमा सकारात्मक रहेको बताइएको छ ।

विज्ञापन

मन्त्रालयले कार्यविधि र त्योसँग सम्बन्धित विषयमा कागज पत्र तयार गर्ने प्रक्रिया सुरु भएको र मन्त्रालयले अहिले विद्युत् प्राधिकरण र सम्बन्धित महाशाखामा छलफल गरिरहेको छ ।

निफ्राले प्रस्ताव गरेको कम्पनीमा भारतीय र बंगलादेशीहरुको समेत लगानीको प्रस्ताव गरिएको छ । उक्त कम्पनीमा विदेशी कम्पनीहरूको ३६, निफ्राको १५ देखि २०, सरकार तथा नेपाल विद्युत् प्राधिकरणको २०, बैंक तथा वित्तीय संस्था र निजी क्षेत्रले २५ देखि ३० र सर्वसाधारणलाई प्राथमिक शेयर (आईपीओ) का लागि १० प्रतिशतसम्म स्वामित्व हुने प्रस्ताव गरिएको छ ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस