सोमवार, जेष्ठ ७, २०८१
  • होमपेज
  • समाचार
  • बागमती नदीका किनारमा बसेका सुकुम्बासीलाई वैकल्पिक वासस्थानको व्यवस्था हुन्छ : रामकुमारी झाँक्री
समाचार

बागमती नदीका किनारमा बसेका सुकुम्बासीलाई वैकल्पिक वासस्थानको व्यवस्था हुन्छ : रामकुमारी झाँक्री

काठमाडौं ।

सरकारले बागमती नदीका किनारमा बसेका सुकुम्बासीलाई वैकल्पिक वासस्थानको व्यवस्था गर्ने भएको छ ।

विज्ञापन

शहरी विकास मन्त्रालयले बागमती किनारमा बस्दै आएका सुकुम्वासीलाई वैकल्पिकवासको व्यवस्था गर्ने भएको हो ।

विज्ञापन

मन्त्रालय मातहतको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले गुहेश्वरीदेखि थापाथलीसम्मका घर टहरा हटाउन सूचना जारी गरिसकेको छ ।

सो सूचनाअनुसार गुहेश्वरीदेखि थापाथलीसम्मको बागमती किनारमा बसेका सुकुम्वासीलाई वैकल्पिक वासस्थानको व्यवस्था गर्ने योजनामा मन्त्रालयले बनाइरहेको हो ।

यो योजनाअन्तर्गतको काम अगाडि बढाउँदा त्यस क्षेत्रमा अव्यवस्थितरुपमा बस्दै आएका सकुम्वासीलाई व्यवस्थित गर्नतर्फ लागेको मन्त्री रामकुमारी झाँक्रीले बताइन ।

उनले तत्काल १०३ परिवारलाई इचङ्गुमा सार्ने योजना बनिरहेको बताइन । यस्तै, बाँकी परिवारलाई समेत वैकल्पिक वासको खोजी गरिरहेको उनको भनाई छ ।

हाल गोकर्णदेखि गुहेश्वरीसम्म बागमतीका दुईतर्फी किनारको साइट क्लियर भइसकेको छ । त्यसक्षेत्रको घर टहना हटिसकेको छ ।

तर, गुहेश्वरीबाट थापाथलीसम्मका घर÷टहराले त्यसयताको काम अड्किएको छ । सोही, अड्किएको कामलाई अगाडी बढाउन समितिले शनिबार खोला किनारमा बनेका घर टहरा हटाउन २१ माघसम्मको समयसीमा दिएको छ ।

‘बागमतीमा अनुभुत हुने गरी परिवर्तन आउन अबको दुई तीन महिना लाग्छ । यस क्षेत्रमा मूख्यगरी तीन वटा समस्या छ ।

सकुम्वासी, धार्मिक र अन्य गरी तीन समस्या छ,’ उनले भनिन्, ‘यी तीनै वटा समस्यालाई समाधान गर्दै बागमती ब्यूटीफिकेशनको काम अगाडि बढ्छ ।’

उनले गोकर्णदेखि गुहेश्वरीसम्म पनि घरटहरा रहेको र ती घर टहरा सजिलै हटेकाले गुहेश्वरीदेखि थापाथलीसम्म पनि सजिलै हट्ने अपेक्षा रहेको बताइन् ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस