On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

बिहिबार, जेष्ठ ३, २०८१
рдЬреЛрдбрд┐рдиреБрд╣реЛрд�
  • होमपेज
  • समाचार
  • ओली कार्यकालका पूर्वमन्त्रीहरुमाथि अख्तियारले थाल्यो छानबिन
समाचार

ओली कार्यकालका पूर्वमन्त्रीहरुमाथि अख्तियारले थाल्यो छानबिन

काठमाडौं ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली सरकारका मन्त्रीहरुमाथि छानबिन अघि बढाएको छ ।

विज्ञापन

ठूला किमिसका नीतिगत भ्रष्टाचारमा मन्त्रीहरु संलग्न रहेको पाइएपछि छानबिन सुरु भएको अख्तियारले जनाएको छ ।

विज्ञापन

ओली सरकारका उद्योगमन्त्री लेखराज भट्टसँग आयोगले बयान नै लिइसकेको छ । तोकिएको भन्दा धेरै उत्खनन गर्ने नौ वटा चुनढुंगा उद्योगलाई एक अर्ब २६ करोड जरिवाना मिनाहा गरेपछि भट्टमाथि छानबिन सुरु भएको अख्तियारले जनाएको छ ।

उद्योगीहरुसँग लाभ लिएर राज्यले उठाउनुपर्ने जरिवाना उन्मुक्ति दिइएको थियो । भट्टको निर्देशनमा भएको सवा अर्बको यो भ्रष्टाचार प्रकरणको छानबिन रोक्न अख्तियारमाथि दबाब परिरहेको बताइन्छ ।

यस्तै ठूला भ्रष्टाचार प्रकरणबाट जोगिन पनि भट्ट माओवादी छाडेर एमालेमा आबद्ध भएको स्रोत बताउँछ । उद्योगमा हुँदा उनले गरेका अन्य भ्रष्टाचारका विषयमा पनि अख्तियारमा उजुरी परेको छ ।

ओली सरकारमा मन्त्री रहेका भानुभक्त ढकाल, गोकुल बाँस्कोटा, पद्मा अर्याल, योगेश भट्टराईविरुद्ध पनि अख्तियारमा उजुरी परेपछि छानिबन भइरहेको छ ।

भानुभक्त ढकाल ओम्नी प्रकरणमा मुछिएका थिए । बिना प्रतिस्पर्धा महगो मूल्यमा ओम्नी समूहलाई स्वास्थ्य सामान खरिद गर्दा भ्रष्टाचार भएको ससदीय छानबिन समितिले ठहर गरी कारबाही गर्न अख्तियारलाई पत्राचार गरेको थियो ।

त्यस्तै पद्मा अर्यालमाथि पनि उजुरी परेको छ । गिरिबन्धु टि इस्टेटलाई जग्गा सट्टापट्टा गर्न स्वीकृत दिएको विषयमा आयोगमा उजुरी परेको छ ।

कानून नै संशोधन गरेर सहरको हदबन्दीभन्दा धेरै रहेको सहरको जग्गा बिक्री गरी गाउँमा खरिद गर्न स्वीकृत दिएर नीतिगत भ्रष्टाचार भएको थियो । जून पछि अदालतको आदेशपछि रोकिएको छ ।

कृषिमन्त्री हुँदा मल खरिदको भ्रष्टाचारमा पनि उनी मुछिएकी थिइन् । उनकै सेटिङमा कृषि सामाग्री कम्पनी लिमिटेडले कमसल मल खरिद गरेको थियो ।

जसमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत महिना मात्र मुद्दा दायर गरिसकेको छ । मन्त्रीको त्यसमा लिखित संलग्नता नदेखिएपछि मन्त्री अर्याल जोगिएकी थिइन् ।

तर, जोशी बिज हाउसलाई ठेक्का दिनेगरी काम गर्न उनले नै निर्देशन दिएकी थिइन् । सो मल खरिदमा एक अर्ब ५३ करोड घोटाला भएको थियो ।

ओली सरकारका पर्यटनमन्त्री योगेश भट्टराई पनि अहिले छानबिनमा तानिएका छन् । नारायणहिटी संग्राहलयमा क्याफेका नाममा रेष्टुरेन्ट चलाउन दिने निर्णय उनकै कार्यकालमा भएको थियो ।

हाल पर्यटन मन्त्रालयले आन्तरिक छानबिन गरी अनियमितता भएको निष्कर्षसहित थप कारबाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पत्राचार गरिसकेको छ ।

त्यस्तै पशुपतिमा धर्मशाला होटल चलाउन दिने तथा लकडाउनको समयमा भएका चार्टर्ड फ्लाइटका नाममा उनको कार्यकालमा भएका अनियमितताको पनि हाल छानबिन भइरहेका छन् ।

गोकुल बाँस्कोटाविरुद्धको छानबिन भने पूरा भएपनि तामेलीमा राख्न लागिएको छ । सेक्युरिटी प्रेस खरिदसम्बन्धी ठेक्कामा कमिसनको मोलतोल गरेको भिडियोका आधारमा उनीमाथि आयोगले छानबिन गरेको थियो ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस