On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

शनिबार, बैशाख ८, २०८१
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • गृह जिल्ला चितवनबाट सुरु गरे यातायात मन्त्री घनश्यामले नमुना यातायात कार्यालय बनाउने अभियान,घुस खाने कर्मचारीलाई कारबाही गर्ने
समाचार

गृह जिल्ला चितवनबाट सुरु गरे यातायात मन्त्री घनश्यामले नमुना यातायात कार्यालय बनाउने अभियान,घुस खाने कर्मचारीलाई कारबाही गर्ने

चितवन । 

वागमती प्रदेशका श्रम तथा यातयातमन्त्री घनश्याम दाहालले यातयात कार्यालयमा बसेर घुस खाने कर्मचारी कारबाही गर्ने चेतावनी दिनुभएको छ । आइतबार भरतपुरस्थित यातयात सेवा कार्यालयको अनुगमन पश्चात कर्मचारीलाई निर्देशन दिदै मन्त्री दाहालले कुनै बहानामा गरिब जनताबाट घुस लिएको खबर आए कर्मचारीलाई हदसम्म कारबाही गर्ने बताउनु भएको हो ।

विज्ञापन

 

विज्ञापन

 

चितवनमा केही दिन अगाडि एउटै यस्तै घटना बाहिरा आएको छ । सेवाग्राहीलाई समस्या देखाएर घुस खाने काम बन्द गर्न कर्मचारीहरुलाई निर्देशन दिनुभयो । मन्त्री दाहालले सेवाग्राहीहरुलाई सम्बोधन गर्दै भन्नुभयो, कर्मचारीहरुले बढी पैसा मागे अखतियार दुरुपयोग आयोगमा उजुर गर्न आग्रह गर्नुभयो । मन्त्री दाहालले वागमती प्रदेशमा यातायात सेवालाई नमुना बनाउने अभियानमा गृह जिल्ला चितवनबाट सुरु गरेको उल्लेख गुर्नभयो ।

 

वागमती प्रदेशको यातायात मन्त्रीको कार्यभार सम्मालेसगैँ यातायातको क्षेत्रमा वागमती प्रदेशलाई मुलुककै नुमना बनाउने घोषण गर्नुभएको थियो । यातायात व्यवस्थाको कार्यालयबाट प्रदान हुने सेवाहरुप्रति सेवाग्राहीको जनगुनासो बढेपछि यो सेवालाई जनमुखीसगैँ गुनासोरहित बनाउने अभियानको क्रममा यातायात सेवा कार्यालय भरतपुर चितवनमा पुगेका थिए ।

 

“मैले भन्दै आएको छु उहाँले भन्नुभयो, म यहीको स्थायीय हो म यही पेन्सन पकाउछु भनेर नसोच्नुस् ।” “यातायात कार्यालयलाई अब एउटा गतिमा लानुपर्नेछ, उहाँले भन्नुभयो, “कार्यालयमा ढिलासुस्तबारे जनगुनासो आउन भएन, सेवाग्राहीलाई छिटो भन्दा छिटो सेवा दिनुस् ।” मन्त्री दाहालले अहिले नविकरणको काम गर्दा त गुनासो आउछ भने भोलि चितवनमा लाईसेन्स नै बनाउदा के हुन्छ ? उहाँले प्रश्न गर्नुभयो ।

 

अहिले सबैभन्दा बढी काम यातयात कार्यालयबाट हुन्छ भने सबैभन्दा धेरै गर्नुपर्ने बदनाम पनि कार्यालय नै हुनु परेको उहाँको कथन थियो । यो सिंगो यातायात मन्त्रालयकै बदनाम हो । चितवनको यातयात कार्यालयलाई देशकै नमुना कार्यालय बनाउन वागमती प्रदेश सरकार तत्पर रहेको उहाँको भनाई छ । मन्त्री दाहालले लाईनमा बसेका सेवाग्राहीसंग कार्यालयले प्रदान गर्ने सेवाहरुको बारेमा जानकारी समेत लिनुभएको थियो । सेवाग्राहीहरुले मन्त्रीको जवाफमा सेवा पाउन निकै खर्चिलो र झन्झटिलो भएको प्रतिक्रिया दिएका थिए ।

 

मन्त्रीले कार्यालय अनुगमनपछि कार्यालय प्रमुखको कार्यकक्षमा बसेर कर्मचारीहरुलाई कडा निर्देशन पनि दिनुभयो । जनतालाई छिटो–छरितो र सरकारले तोकेको राजश्व रकम लिएर सेवा प्रदान गर्न मन्त्री दाहालले कर्मचारीहरुलाई निर्देशन दिनुभएको हो । यातायात कार्यालयले दिने सेवा सुविधाप्रति जनगुनासो प्राप्त भएपछि आफू छड्के अनुगमनमा आएको बताउँदै मन्त्री दाहालले जनताले पाउनु पर्ने सेवा, सुविधामा आर्थिक चलखेल भएको आफू कहाँ जानकारी आए कारबाही गर्न पछि नपर्ने चेतावनी समेत दिनुुभयो ।

 

यातायात कार्यालयका कर्मचारीहरु लाईसेन्स नविकरण, बाटो ईजाजत र जाचपासमा घुस खाने गरेको र घुस नदिँदा काम ढिलासुस्ती गर्ने जनगुनासो बढेपछि मन्त्री दाहालले छड्के अनुगमन गरेको बताउनुभयो । यातायात सेवा कार्यालय कार्यालय प्रमुख विनोद पौडेलले आफुहरुले रातदिन नभनेर काम गरिरहेको बताउनुभयो । उहाँले भन्नुभयो “कार्यालय सडक छेउमै छ । यहाँ आउने सेवाग्राहीका सवारी सडक सम्मै पाकिङ्ग भैरहेका छन । छिटो सेवा विस्तार गर्ने व्यवस्था मिलाईदिन म अनुरोध गर्दछु ।”

 

 

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस