On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

शनिबार, बैशाख ८, २०८१
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • भ्रष्टाचारका एक एक कर्तुत खुल्न थालेपछि योगेश भट्टराई तनावमा
समाचार

भ्रष्टाचारका एक एक कर्तुत खुल्न थालेपछि योगेश भट्टराई तनावमा

काठमाडौं ।

यतिबेला एमाले नेता योगेश भट्टराई निकै तनावमा छन् । पार्टीमा आशालाग्दो युवा नेता भनेर धेरैले भन्ठानेका योगेश ओली सरकारको मन्त्री हुँदा भ्रष्टाचारमा चुर्लुम्म डुबेको देखिएको छ ।

विज्ञापन

नारायणहिटी दरबार संग्रहालयमा बतास समूहलाई रेस्टुरेन्ट चलाउन दिनुमा उनकै भूमिका रहेको बाहिर आइसकेको छ । उनलै नारायणहिटी दरबार बिकास समितिमा नियुक्त गरेका भेषराज दाहालले बतास समूहलाई सेटिङमा टेन्डर दिएको खुलेको छ ।

विज्ञापन

जसकारण तत्कालीन पर्यटनमन्त्री भट्टराई विवादमा तानिएका छन् । फेरि अर्को अनियमिततामा पनि पर्यटन मन्त्रालयले छानबिन समिति गठन गर्न आदेश दिएको छ ।

कोरोनाको पहिलो र दोस्रो संक्रमणका वेला विदेशमा फसेका नागरिक उद्धारका क्रममा राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्सको उडानसमेत कटौती गरी हिमालय एयरलाइन्सलाई जिम्मा दिएको र यात्रुसँग बढी भाडा असुलेको विषयमा छानबिन गर्न सरकारले समिति गठन गरेको हो ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले मन्त्रालयका सहसचिव होमप्रसाद लुइँटेलको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेका हुन् ।

मन्त्रालयकै उपसचिव टेकनारायण पौडेल र नेपाल नागरिक उड्डयन प्राधिकरणका निमित्त महानिर्देशक प्रेमनाथ ठाकुर सदस्य रहेको तीन सदस्यीय समितिलाई १० दिनभित्र छानविन गरेर प्रतिवेदन बुझाउन निर्देशन भएको छ ।

समितिले नेपाल एयरलाइन्सको उडान कटौती गरेर निजी एयरलाइन्स हिमालयलाई जिम्मा दिनुको कारण र टिकट बिक्री गर्ने ट्राभल एजेन्सीले यात्रुहरूलाई ठगी गरेको विषयमा सत्यतथ्य छानविनको जिम्मा पाएको छ ।

कोरोनाको पहिलो र दोस्रो महामारीका बेला पर्यटनमन्त्री भट्टराई नै थिए । त्यतिबेला नेपाल एयरलाइन्सले ५६ वटा चार्टर्ड उडान गरेकोमा हिमालय एयरलाइन्सले २३९ उडान भरेको थियो ।

चार्टर्ड उडान कटौटी हुँदा निगमको वाइडबडीले दिनमा पाँच घण्टामात्रै उडान भरेको थियो । जसकारण निगमको आम्दानीको स्रोत नै खुम्चिएको थियो ।

त्यतिबेलै हिमालयको चार्टर्ड उडानमा यात्रुसँग तीन गुणासम्म बढी भाडा असुलेको गुनासा बाहिरिएका थिए । तत्कालीन पर्यटनमन्त्री भट्टराईकै मिलेमतोमा अनियमितताको आशंका सरकारले गरेको छ ।

चार्टर्ड उडानका नाममा यात्रुसँग बढी भाडा असुलेको गुनासो आएपछि ०७७ मा तत्कालीन सरकारले छानबिन समिति गठन गरेको थियो । चार्टर्डमा हङकङ र जापानमा जान अनुमति पाएका ट्राभल एजेन्सीहरूले यात्रुबाट अस्वाभाविक भाडा असुलेको गुनासो आएपछि मन्त्रालयले सहसचिव सुरेश आचार्यको संयोजकत्वमा चार सदस्यीय छानबिन समिति गठन गरेको थियो ।

उक्त समितिले बढी भाडा असुलेको र निजी हवाई कम्पनीसँग मिलेमतो गरेको निष्कर्ष निकालेको थियो । उक्त प्रतिवेदन मन्त्रालयमा पेस गरे पनि कार्यान्वयनमा आएन ।

हाल आलेले मन्त्रालय सम्हालेपछि पुनः छानबिन समिति गठन गरेर छानबिन गर्न लगाएका हुन् । एमालेमा विवाद हुँदा योगेशले सुरुमा माधव नेपाललाई साथ दिए ।

तर पछि गएर नेपाललाई धोका दिएर केपी ओलीतिर लागे । ओलीकै पालामा मन्त्री बनेका आलेले भने अन्तिम समयमा नेता नेपाललाई दह्रो साथ दिए । अहिले योगेशले गरेका अनियमिततालाई आलेले एकएक गरेर सार्वजनिक गर्ने तयारी गरेपछि उनी तनावमा परेका हुन् ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस