Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, भदौ २५, २०८१
  • होमपेज
  • समाचार
  • नेताको आर्थिक हैसियत फेरियो, जनता उस्तै छन् : विजय सुब्बा
समाचार

नेताको आर्थिक हैसियत फेरियो, जनता उस्तै छन् : विजय सुब्बा

काठमाडौं।

नेकपा (एमाले) स्थायी समिति सदस्य विजय सुब्बाले अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी)मा नेपालको हितविपरीत देखिएका प्रवधान हटाएर पास गर्न सकिने बताएका छन्।

विज्ञापन

कम्युनिष्ट आन्दोलनका योद्धा मकरध्वज गुरुङको प्रथम वार्षिक स्मृतिसभामा उनले जहाँबाट जुनसुकै स्रोतबाट आए पनि तोकिएको अवधिभित्र लगानी गर्नेलाई छुट दिनेगरी बनाइएको नीति एमसिसीभन्दा कैयौंगुणा खतरनाक भएको जिकिर गरे।

विज्ञापन

नेता सुब्बाले भने, ‘देश र जनताका पक्षमा इमान्दार भएर काम गर्ने गुरुङ वामपन्थी र प्रगतिशील आन्दोलनका जर्नेल हुनुहुन्थ्यो, मुलुकमा सोचेअनुरुपको परिवर्तन अझै हुन सकेको छैन, नेताको आर्थिक हैसियत चुलिएको छ तर जनता भने उस्तै छन्।’

नेपाल कम्युनिष्ट पार्टी काठमाडौं जिल्ला समितिद्वारा आयोजित उक्त कार्यक्रममा सो पार्टीका स्थायी समिति सदस्य धर्मेन्द्र बास्तोलाले एमसिसी नेपालको हितविपरीत भएकाले सच्याएर कार्यान्वयनमा ल्याउन सकिने अवस्था नरहेको प्रतिक्रिया दिए।

उनले भने, ‘सच्चा कम्युनिष्टको छवि बनाउनुभएका र जनताको समृद्धि तथा देशको स्वाधीनताका लागि मात्रै अहोरात्र योगदान दिने गुरुङ सर्वहाराको मुक्तिका लागि लडेको क्रान्तिकारी व्यक्ति हुनुहुन्थ्यो।’

तेह्रथुमको आम्बुङमा २००७ भदौमा जन्मनुभएका गुरुङले त्यस क्षेत्रको शिक्षाको उन्नयनमा ठूलो योगदान पुर्‍याउनु भएको स्मृतिसभामा सहभागी वक्ताले स्मरण गरे। मुलुकमा राजनीतिक परिवर्तनका लागि भएका आन्दोलनमा विद्यार्थीकालदेखि नै संलग्न गुरुङले पटकपटक गरी दशौं पटकसम्म हिरासत र जेल जीवन बिताउन परेको थियो।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस