शनिबार, जेष्ठ ५, २०८१
  • होमपेज
  • समाचार
  • खुमलटार छाडेर झुपडीमा पनि बस्न तयार छु : प्रचण्ड
समाचार

खुमलटार छाडेर झुपडीमा पनि बस्न तयार छु : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू डेरा सर्न तयार रहेको बताएका छन्।

उनले खुमलटारबाट झुपडीमा गएर बस्न पनि तयार रहेको बताए।

विज्ञापन

आठौं महाधिवेशनअन्तर्गत आफूले राखेका राजनीतिक प्रस्तावबारे आज स्पष्टीकरण दिँदै अध्यक्ष प्रचण्डले भने, ‘म डेरा सर्न तयार छु। यो विषयमा निकै आलोचना हुने गरेको छ। म झुपडीमा गएर बस्न पनि तयार छु।’

विज्ञापन

प्रचण्ड खुमलटारस्थित शारदा अधिकारीको घरमा बस्दै आएका छन्। अधिकारी निर्माण व्यवसायी हुन्।

महाधिवेशनमा पार्टीका नेता तथा कार्यकर्ताहरूले प्रचण्डलाई उक्त डेरा छाड्न सुझाव दिँदै अध्यक्ष बस्ने घर कार्यकर्ताहरूले नै बनाइदिने बताएका थिए।

‘म खुमलटार छाडेर गाउँ जाने कि भन्ने पनि सोच्दैछु। निर्णय त गरिसकेको छैन। तपाईंहरू केन्द्रीय सदस्य पनि काठमाडौं बस्ने होइन गाउँ जाने हो, तयार हुनुस्,’ उनले भने।

प्रचण्डले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन पारित भइसकेको छ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस