Advertisement area

  • Skip this

Advertisement area

शनिबार, भदौ २९, २०८१
  • होमपेज
  • समाचार
  • ‘सात उपाध्यक्ष राख्दा राम्रो सन्देश जाँदैन, नेताको उमेर हद तोकौँ’
समाचार

‘सात उपाध्यक्ष राख्दा राम्रो सन्देश जाँदैन, नेताको उमेर हद तोकौँ’

काठमाडौं।

नेकपा माओवादी केन्द्रका महाधिवेशन प्रतिनिधिहरुले पार्टीको केन्द्रीय पदाधिकारीमा सात जना उपाध्यक्ष राख्दा राम्रो सन्देश नजाने सुझाव दिएका छन् ।

विज्ञापन

विधान संशोधन प्रस्तावमाथि भएको छलफलपछि गण्डकी प्रदेशका तर्फबाट देवेन्द्र पौडेलले बिहीबार समुहको छलफलमा आएका सुझाव बन्द सत्रमा पेश गर्ने क्रममा सो कुरा बताएका हुन् । सुझाव पेश गर्दै पौडेलले भने, ‘केन्द्रीय पदाधिकारीमा सात उपाध्यक्ष राख्दा राम्रो सन्देश जाँदैन।’

विज्ञापन

त्यस्तै उनले २९९ सदस्यीय केन्द्रीय समिति निर्माणको औचित्य र आवश्यकतासमेत प्रस्ट्याउनुपर्ने सुझाव आफ्नो समुहका सदस्यहरुले राखेको बताए ।

उनले भने, ‘२९९ सदस्यीय केन्द्रीय समितिबारे प्रस्ट्याउनु जरुरी छ । किनकी तदर्थवादी मानसिकताबाट हाम्रो पार्टी चल्नु हुँदैन’, पौडेलले पार्टीको सल्लाहकार कमिटी विज्ञ समूहबाट छानिनुपर्ने सुझाव आएको पनि बताए । साथै विशिष्ट अवस्थामा बाहेक एक कार्यकालभन्दा बाहेक पदाधिकारी हुन नहुने र उमेर हद विधानमै तोकिनुपर्ने पनि बताए ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस