आइतवार, कार्तिक २२, २०८३
  • होमपेज
  • समाचार
  • नेपाल छाडेर विदेश भासिने सुजाता कोइरालको तयारी !
समाचार

नेपाल छाडेर विदेश भासिने सुजाता कोइरालको तयारी !

काठमाडौं ।

नेपाली कांग्रेसको १४औं महाधिवेशनमा उपसभापतिमा पराजित भएपछि नेतृ सुजाता कोईराला सडकमा पुगेकी छिन् । तर, उनको इच्छा भने मन्त्री वन्ने छ।

विज्ञापन

प्रकाशमान सिंह प्यानलबाट उपसभापतिमा उम्मेद्वार भएर नराम्रो पराजय भोगेकी कोइराला मन्त्री वन्ने वा देशै त्याग्ने तयारीमा रहेको उनी निकट स्रोत वताउँछ।

विज्ञापन

सभापतिमा पराजित भएका प्रकाशमान सिंह, विमलेन्द्र निधि तथा मौन वसेका रामचन्द्र पौडेललाई दोस्रो चरणमा सहयोग गरे बापत सभापति शेरबहादुर देउवाले मनोनीत गरेर केन्द्रीय कार्यसमितिमा लाने तयारी गरेका छन् ।

तर, उपसभापतिमा पराजित भएका महेश आचार्य, विजय गच्छदार र सुजाता कोइरालाको विषयमा हालसम्म कुनै योजना देखिदैन। तर, कोइरालाको प्राथमिकता केन्द्रीय कार्यसमितिमा जाने छैन पनि।

उनको नजर मिनेन्द्र रिजालले राजीनामा गरेपछि रिक्त रहेको रक्षा मन्त्रालय वा चर्को विवादमा परेर गजेन्द्र हमालले राजीनामा दिएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा छ।

अहिले दुवै मन्त्रालय प्रधानमन्त्री देउवाले नै सम्हालिराखेका छन् । उनले दुई मध्ये एक मन्त्रालयको आशा राखेको वताईन्छ। उनले निर्वाचनमा सहयोग गरेवापत तत्कालीन महामन्त्री शशांक कोइरालाको सिफारिस खोजेकी छिन् ।

रक्षा अथवा उद्योग वाणिज्य मन्त्री हुन नपाए मुुलुक नै छाडेर लण्डन जाने तयारीमा छिन् । बाँकी जीवन आफ्ना पिता स्व।गिरिजाप्रसाद कोइराला र आफूले कमाएको सम्पत्ति मार्फत बंगलादेशबाट बसाईं सरेर लण्डन पुगेकी आफ्नी छोरीसँग जीवन बिताउने उनको योजना रहेको स्रोत वताउँछ।

फेसबुक प्रतिक्रियाहरु

सम्बन्धित समाचार

ग्रेस इन्टरनेशनलको २०औँ वार्षिकोत्सव, चितवन र नवलपुरका विभिन्न स्थानमा सामाजिक कार्यक्रम सम्पन्न
समाचार
ग्रेस इन्टरनेशनलको २०औँ वार्षिकोत्सव, चितवन र नवलपुरका विभिन्न स्थानमा सामाजिक कार्यक्रम सम्पन्न

चितवन, कात्तिक २३ – ग्रेस इन्टरनेशनलले आफ्नो स्थापनाको २०औँ वार्षिकोत्सवको अवसरमा चितवन र नवलपुरका विभिन्न स्थानमा सामाजिक उत्तरदायित्व तथा सामुदायिक सेवा कार्यक्रम सम्पन्न गरेको छ । वार्षिकोत्सवका अवसरमा ग्रेस इन्टरनेशनल चितवन क्षेत्रअन्तर्गतका नारायणगढ, पर्सा र कावासोती शाखामार्फत रक्तदान, खाद्यान्न तथा घरायसी सामग्री सहयोग, विद्यार्थीलाई शैक्षिक सामग्री वितरण, स्वास्थ्य तथा शिक्षासम्बन्धी जनचेतनामूलक कार्यक्रम र स्वास्थ्य शिविर […]

  • १३ घन्टा अगाडि

भर्खरै

सिफारिस