मङ्लबार, अशोज १, २०८१
  • होमपेज
  • समाचार
  • नेपाली भूमिबाट नयाँ विचारको विकास सम्भव छ : प्रचण्ड
समाचार

नेपाली भूमिबाट नयाँ विचारको विकास सम्भव छ : प्रचण्ड

काठमाडौं।

पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले तमु ल्होसारको शुभकामना दिएका छन्।बिहीबार बिहान तमु ल्होसारको अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रचण्डले देशविदेशमा रहेका सबै नेपालीहरूलाई सु-स्वास्थ्य, दीर्घायू, सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन्।

विज्ञापन

अध्यक्ष प्रचण्डले नेपाली जनताका बीचको सुदृढ राष्ट्रिय एकताबाट संविधानले निर्दिष्ट गरेको समाजवादी लक्ष्य हासिल गर्न र नेपाली भूमिबाट नयाँ विचारको विकास गर्न सम्भव रहेको बताएका छन्।

विज्ञापन

नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र सांस्कृतिक विविधताले भरिएको देश भएको भन्दै उनले नेपाली समाजको यही विविधता विश्व समुदायका लागि एक सामाजिक सद्भावको प्रेरणादायी सन्देश रहेको उल्लेख गरेका छन्।

अध्यक्ष प्रचण्डले देशका लागि भाषा, संस्कृति, भेषभूषा र संस्कार सभ्यताका आधार स्तम्भ भएकाले यिनको संरक्षण, प्रवद्र्धन र विकास गर्नु राज्यको दायित्व भएको बताएका छन्।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस