बिहिबार, भदौ १८, २०८२
  • होमपेज
  • समाचार
  • माधव नेपाल र हामी छिट्टै एक ठाउँमा हुनेछौं : प्रचण्ड
समाचार

माधव नेपाल र हामी छिट्टै एक ठाउँमा हुनेछौं : प्रचण्ड

काठमाडौं।

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एकीकृत समाजवादी र माओवादी केन्द्रबीच चाँडै एकता हुने सम्भावना व्यक्त गरेका छन्। शनिवार ललितपुरमा आयोजित सम्पादकहरूसँगको अन्तर्क्रिया कार्यक्रममा प्रचण्डले माधव नेपाल र आफूहरू ढिलो-चाँडो एक ठाउँमा हुने बताए।

विज्ञापन

उनले भने, ‘माधव नेपालसँग हामी ढिलो-चाँडो एक ठाउँमा हुन्छौं। हामी यसअघि पनि आफैँ छुट्टिएको होइन।’ प्रचण्डले माधव नेपाल मात्र होइन, बाबुरामलगायत विचार मिल्ने अरूसँग पनि सँगै हुने आफूलाई लागेको बताए। नेतृत्व भनेको औपचारिक मात्र नभई विचार र जनमत बोकेको हुनुपर्ने उनको भनाइ छ।

विज्ञापन

‘नेतृत्व भनेको औपचारिक मात्र होइन विचार र जनमत बोक्ने हुनुपर्छ, जसरी पनि निर्वाचन जितेर नेतृत्व सही आउँछ भन्ने पनि हुँदैन,’ उनले भने, ‘हामी बुर्जुवाले जस्तो निर्वाचन चाहँदैनौं तर हामी निर्वाचन हुनुहुँदैन पनि भन्दैनौं।’

उनले निर्वाचन र मूल्यांकन दुवै हुनुपर्ने बताए। ‘निर्वाचन र मूल्यांकन दुवै हुनुपर्छ, हामीले हिजो यसै प्रचण्डपथ छोडियो, कुनै विकल्प ल्याइएन भन्ने हो, फेरि प्रचण्डपथ ल्याउन पर्छ भन्ने होइन,’ प्रचण्डले भने।

फेसबुक प्रतिक्रियाहरु

सम्बन्धित समाचार

भर्खरै

सिफारिस