शनिबार, कार्तिक २८, २०८३
  • होमपेज
  • समाचार
  • ओलीलाई फकाउदै प्रचण्ड !
समाचार

ओलीलाई फकाउदै प्रचण्ड !

काठमाडौं।

आजबाट नेकपा माओवादी केन्द्रको महाधिवेशन सुरु हुँदैछ । काठमाडौंमा हुने महाधिवेशन उदघाटनमा प्रमुख दलका शिर्ष नेताहरुलाई निम्तो गरिएको छ ।

विज्ञापन

प्रधानमन्त्रीसमेत रहेका नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाललगायत नेताहरु सहभागी हुने निश्चित भएको छ ।

विज्ञापन

तर, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सहभागी हुने या नहुने निश्चित भएको छैन ।

प्रचण्डले ओलीलाई महाधिवेशन उदघाटनमा ल्याउन आफै पहल गरेको बुझिएको छ । उनले ओलीसँग सम्पर्क गरी सहभागी हुन आग्रह गरेको बुझिएको छ ।

नेकपा विभाजन भएपछि ओली र प्रचण्ड काँग्रेसको महाविधेशनको उदघाटनको दिन एउटै मञ्चमा देखिएका थिए । दुई नेताबीच भलाकुसारी समेत भएको थियो ।

यसलाई प्रचण्ड र ओलीबीचको सम्बन्धमा आइसब्रेक मानिएको थियो ।

ओली माओवादीको महाधिवेशन उद्घाटनमा सहभागी हुने सम्भावना भने कम छ । तर, पछिल्लो समय प्रचण्डसँग उनको सम्बन्धमा निकै सुधार भइरहेबाट सम्भावनालाई नकार्न भने सकिदैन ।

फेसबुक प्रतिक्रियाहरु

सम्बन्धित समाचार

ग्रेस इन्टरनेशनलको २०औँ वार्षिकोत्सव, चितवन र नवलपुरका विभिन्न स्थानमा सामाजिक कार्यक्रम सम्पन्न
समाचार
ग्रेस इन्टरनेशनलको २०औँ वार्षिकोत्सव, चितवन र नवलपुरका विभिन्न स्थानमा सामाजिक कार्यक्रम सम्पन्न

चितवन, कात्तिक २३ – ग्रेस इन्टरनेशनलले आफ्नो स्थापनाको २०औँ वार्षिकोत्सवको अवसरमा चितवन र नवलपुरका विभिन्न स्थानमा सामाजिक उत्तरदायित्व तथा सामुदायिक सेवा कार्यक्रम सम्पन्न गरेको छ । वार्षिकोत्सवका अवसरमा ग्रेस इन्टरनेशनल चितवन क्षेत्रअन्तर्गतका नारायणगढ, पर्सा र कावासोती शाखामार्फत रक्तदान, खाद्यान्न तथा घरायसी सामग्री सहयोग, विद्यार्थीलाई शैक्षिक सामग्री वितरण, स्वास्थ्य तथा शिक्षासम्बन्धी जनचेतनामूलक कार्यक्रम र स्वास्थ्य शिविर […]

  • ६ दिन अगाडि

भर्खरै

सिफारिस