Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, भदौ २५, २०८१
  • होमपेज
  • समाचार
  • माधब नेपाल प्रचण्डको ‘असिस्टेन्ट’ मात्र हुन् : लालबाबु पण्डित
समाचार

माधब नेपाल प्रचण्डको ‘असिस्टेन्ट’ मात्र हुन् : लालबाबु पण्डित

काठमाडौं ।

नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं पूर्वमन्त्री लालबावु पण्डित माधव नेपालका लागि ओलीभन्दा कडा बनेर निस्किएका छन् ।

विज्ञापन

पण्डितले नेकपा एमाले विभाजन गरेर नेकपा एस पार्टीका अध्यक्ष बनेका नेपालमाथि अहिलेसम्मकै कडा टिप्पणी गरेका हुन् ।

विज्ञापन

कुनै बेला माधव कुमार नेपालकै निकट रहेर काम गरेका पण्डितले एमाले जस्तो पार्टी फुटाएर सानो गुटमा रमाएका माधव नेपालको अहिले हैसियत भनेको प्रचण्डको असिस्टेन्ट जति मात्रै रहेको टिप्पणी गरेका छन् । पार्टी फुटाएर नेपालले ठुलो अपराध गरेको भन्दै पण्डित उनी माथी खनिएका छन् ।

विशेष कुराकानीमा नेता पण्डितले माधव नेपालले आफ्नो हैसियत आफैँ खस्काएको बताएका छन् ।

एमाले जस्तो पार्टीको सम्मानित हैसियत गुमाएर प्रचण्डको षड्यन्त्रको साझेदार बन्न जाने माधव नेपालको हैसियतनै त्यत्ती मात्रै भएको उनले जिकिर गरेका छन् ।

माधव नेपाल प्रचण्डको असिस्टेण्ट जत्ति मात्रै र उनको पार्टी नेकपा एस माओवादी केन्द्रको एउटा जनसंगठनको जत्तीको मात्रै हैसियतमा रहेको पनि पण्डितले बताएका छन् ।

अहिले प्रचण्ड र माधव नेपाल लिभिङ टुगेदरमा रहेको भन्दै उनले यो मायापिरतीले एक दिन नेपालले ठूलो दुख पाउँने ठोकुवा गरेका छन् ।

माओवादीसँग पार्टी विलय गराउँनैका लागी नेपालले एमाले फुटाएको दावी गर्दै पण्डीतले अहिलेनै एकता गरिहाल्दा सबै कुरा बाहिर देखीने भएकाले मात्रै केहि सयमलाई थाँती राखेको दाबी पनि उनले गरेका छन् । अन्तीममा माओवादी र नेकपा एसको गन्तव्य एउटै हुने पनि उनले ठोकुवा गरेका छन् ।

पण्डीतले अहिले देशनै दुई धु्रवमा बाँडिएको भन्दै एकातिर एमाले र अध्यक्ष केपी ओली र अर्को तिर अरु गठबन्धन र ती दलका नेता रहेको बताएका छन् ।

एमाले अध्यक्ष ओलीलाई बाघ र अरु दलका नेतालाई बाँदर सँग उनले तुलना गरेका छन् । जसरी बाघ अगाडी आए पछि बाँदरहरु भागाभाग गर्दछन् त्यस्तै हालत ओलीको अगाडी पर्दा अरु नेताको हुने उनले भनेका छन् ।

जो जो गठबन्धन गरेर एमाले विरुद्ध मोर्चाबन्दी गरे पनि एमाले एक्लै सामना गर्न तयार रहेको भन्दै उनले सबैलाई मिलेर एमाले सँग चुनावी मैदानमा आउँन पनि चुनौति दिएका छन् । पण्डितले भनेका छन्,‘को को आउँछउ आओ नेकपा एमाले मैदानमा एक्लै सामना गर्न तयार छ’।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस