शनिबार, कार्तिक २८, २०८३
  • होमपेज
  • समाचार
  • पहाडैपहाड भएकाे देशमा भ्यु–टावर बनाउँछाैँ भनेर नेताहरूले हावादारी कुरा गर्ने ? : डा. भट्टराई
समाचार

पहाडैपहाड भएकाे देशमा भ्यु–टावर बनाउँछाैँ भनेर नेताहरूले हावादारी कुरा गर्ने ? : डा. भट्टराई

काठमाण्डाै । 

सत्ता साझेदार राष्ट्रिय जनता पार्टीका सङ्घीय परिषद् अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेताहरूले पहाडैपहाड भएको देशमा भ्यु–टावर बनाउने हावादारी कुरा गरेको भन्दै त्यसलाई सच्याएर अघि बढ्न इन्जिनियरहरूलाई आग्रह गर्नुभएकाे छ ।

विज्ञापन

आज शुक्रवार नेपाल इन्जिनियर्स एसाेसिएशनले काठमाण्डाैमा आयाेजना गरेको कार्यक्रममा नेता भट्टराईले यस्ताे बताउनुभएकाे हाे । उहाँले दक्षिण एसियाली देशहरू प्राविधिकहरूको नेतृत्वमा विकास र समृद्धिको दिशामा अघि बढेको उल्लेख गर्दै नेपालले पनि त्यसबाट सिकेर अघि बढ्नुपर्ने आवश्यक्ता औँल्याउनुभयो ।

विज्ञापन

उहाँले भन्नुभयाे, ‘पहाड आफैँ भ्युटावर हाे नि हाम्राे ! त्यहाँ भ्युटावर किन चाहियाे ? साधन स्राेतकाे दुरुपयाेग, जनता पनि कुरै नबुझी विकास भनेकाे भ्युटावर नै हाे रहेछ भन्ठान्छन् अनि एउटा भ्युटावर बनाइदिनुपर्‍याे भन्छन् । नेताहरूले यस्ताे हावादारी कुरा गर्ने हाे ? नेताले सही कुरा जनतालाई बुझाउन पर्दैन ?’

अध्यक्ष भट्टराईले नेपालमा विकास, निर्माणलाई अघि बढ्नै नदिने खालका सोचहरू आइरहेको भन्दै चिन्तासमेत व्यक्त गर्नुभयो ।

 

फेसबुक प्रतिक्रियाहरु

सम्बन्धित समाचार

ग्रेस इन्टरनेशनलको २०औँ वार्षिकोत्सव, चितवन र नवलपुरका विभिन्न स्थानमा सामाजिक कार्यक्रम सम्पन्न
समाचार
ग्रेस इन्टरनेशनलको २०औँ वार्षिकोत्सव, चितवन र नवलपुरका विभिन्न स्थानमा सामाजिक कार्यक्रम सम्पन्न

चितवन, कात्तिक २३ – ग्रेस इन्टरनेशनलले आफ्नो स्थापनाको २०औँ वार्षिकोत्सवको अवसरमा चितवन र नवलपुरका विभिन्न स्थानमा सामाजिक उत्तरदायित्व तथा सामुदायिक सेवा कार्यक्रम सम्पन्न गरेको छ । वार्षिकोत्सवका अवसरमा ग्रेस इन्टरनेशनल चितवन क्षेत्रअन्तर्गतका नारायणगढ, पर्सा र कावासोती शाखामार्फत रक्तदान, खाद्यान्न तथा घरायसी सामग्री सहयोग, विद्यार्थीलाई शैक्षिक सामग्री वितरण, स्वास्थ्य तथा शिक्षासम्बन्धी जनचेतनामूलक कार्यक्रम र स्वास्थ्य शिविर […]

  • ६ दिन अगाडि

भर्खरै

सिफारिस