मङ्लबार, कार्तिक २४, २०८३
  • होमपेज
  • समाचार
  • ओलीविरुद्ध प्रचण्डको कटाक्ष : अहिले पनि बयलगाडामै छन्
समाचार

ओलीविरुद्ध प्रचण्डको कटाक्ष : अहिले पनि बयलगाडामै छन्

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालमा प्रतिगमन र प्रतिक्रान्तिको खतरा टरिनसकेको बताएका छन्।

हिजोका दिनमा गणतन्त्र ल्याउन सम्भव छैन भन्ने नेताहरू अहिलेको परिवर्तन उल्ट्याउन लागिपरिरहेको उनले बताए।

विज्ञापन

शनिबार चितवनको कृष्णनगरमा आयोजित अपांगता संगठन नेपालको प्रथम राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली गणतन्त्रविरोधी भएको आरोप लगाएका हुन्।

विज्ञापन

‘हिजैदेखि नेपालमा गणतन्त्र आउने कुरा असम्भव छ भनेर बोल्ने नेताहरू अहिले पनि गणतन्त्र उल्ट्याउन लागिराखेकै छन्, उनले भने, ​बयलगाडावाला सिद्धान्तवाला अहिले पनि बयलगाडामै चढेर हिँडिराखेकै छन्। त्यस भको हुनाले हामी सबै सतर्क हुन जरुरी छ।’

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमाले अध्यक्ष ओलीको नाम नलिए पनि बयलगाडा भनेर उनैलाई भनेका हुन्।

जनआन्दोलनका बेला ओलीले बयलगाडा चढेर अमेरिका पुगिँदैन भनेर दिएको अभिव्यक्ति निकै चर्चामा छ।

गत वर्ष संविधान मिच्ने, कुल्चिने प्रवृत्ति र तत्त्वविरुद्ध देशव्यापी आन्दोलन गरिएको र विजयी भएको उल्लेख गर्दै प्रचण्डले यो अन्तिम विजय भने नभएको बताए।

‘अझै पनि संघीय लोकतान्त्रिक गणतन्त्र सुदृढ भइसक्या छैन’, उनले भने, ‘त्यसैले हामी सबै चनाखो बस्नुपर्ने, हामी सबै सचेत हुनुपर्ने, हामी सबै आन्दोलित भइराख्नुपर्ने हामीले खबरदारी गरिराख्नुपर्ने आवश्यकता छ।’

फेसबुक प्रतिक्रियाहरु

सम्बन्धित समाचार

ग्रेस इन्टरनेशनलको २०औँ वार्षिकोत्सव, चितवन र नवलपुरका विभिन्न स्थानमा सामाजिक कार्यक्रम सम्पन्न
समाचार
ग्रेस इन्टरनेशनलको २०औँ वार्षिकोत्सव, चितवन र नवलपुरका विभिन्न स्थानमा सामाजिक कार्यक्रम सम्पन्न

चितवन, कात्तिक २३ – ग्रेस इन्टरनेशनलले आफ्नो स्थापनाको २०औँ वार्षिकोत्सवको अवसरमा चितवन र नवलपुरका विभिन्न स्थानमा सामाजिक उत्तरदायित्व तथा सामुदायिक सेवा कार्यक्रम सम्पन्न गरेको छ । वार्षिकोत्सवका अवसरमा ग्रेस इन्टरनेशनल चितवन क्षेत्रअन्तर्गतका नारायणगढ, पर्सा र कावासोती शाखामार्फत रक्तदान, खाद्यान्न तथा घरायसी सामग्री सहयोग, विद्यार्थीलाई शैक्षिक सामग्री वितरण, स्वास्थ्य तथा शिक्षासम्बन्धी जनचेतनामूलक कार्यक्रम र स्वास्थ्य शिविर […]

  • २ दिन अगाडि

भर्खरै

सिफारिस