सोमवार, कार्तिक २३, २०८३
  • होमपेज
  • समाचार
  • एमाले सौराहाबाट पञ्चायत बोकेर काठमाडौं फर्कियो : गगन थापा
समाचार

एमाले सौराहाबाट पञ्चायत बोकेर काठमाडौं फर्कियो : गगन थापा

मकवानपुर । 

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा युवा नेता गगन थापाले नेकपा एमाले सौराहा महाधिवेशनबाट पञ्चायत बोकेर काठमाडौं फर्किएको टिप्पणी गरेका छन् ।

विज्ञापन

 

विज्ञापन

नेपाली कांग्रेस वाग्मती प्रदेश सभापतिको उम्मेदवार जगदिश नरसिंह केसीको समर्थनमा हेटौंडामा मत माग्दै थापाले एमालेले १० औं महाधिवेशन गरेको चितवनको नारायणी किनारमा लोकतन्त्रलाई सम्पूर्ण सस्कांरसहित तर्पण गरेर पञ्चायत बोकेर काठमाडौं फर्किएको टिप्पणी गरेका हुन् ।

‘एमालेले पार्टीभित्रको लोकतन्त्रिक संस्कार र विधि पुर्‍याएर नारायणीमा तर्पिसकेको छ । एमालेले चितवनबाट पञ्चायत बोकेर काठमाडौं गएको छ । एमालेमा पलाएको निरंकुशताले भीम रावलहरू मात्रै होइन सबै जल्छन्,’ थापाले भने ।

यस्तै अर्को प्रसंगमा नेता थापाले राष्ट्रिय प्रजातन्त्र पार्टीबारे टिप्पणी गर्दै राप्रपा महाधिवेशनले आफैँ विश्राम लिन गएको राजालाई जवर्जस्ती ल्याउन खोजेको बताए ।

 

‘जनताको शक्ति र ताकतबाट र आफ्नो इच्छाले विश्राम गर्न गइबक्सेको महाराजालाई जवर्जस्ती ल्याउछु भन्दै भृकुटी मण्डपमा अधिवेशन चलिरहेको छ । त्यो अधिवेशनपछि पनि पुनरुत्थानवादी शक्ती मैदानमा आउँछ त्यसले पनि कुनै न कुनै वितण्डा मच्चाउछ, त्योसँग लड्न सक्ने ताकत नेपाली कांग्रेसले राख्नुपर्छ,’ उनले भने ।

यस्तै कांग्रेसले विभिन्न शक्तिहरूसँग लड्न प्रदेश अधिवेशनबाटै सक्षम नेतृत्व चयन गर्दै जानुपर्ने बताए । आन्तरिक चुनाव भन्दै लरतरो ढंगले अघि बढे चाहेअनुसारको कांग्रेस नबन्ने उनको भनाइ थियो ।

फेसबुक प्रतिक्रियाहरु

सम्बन्धित समाचार

ग्रेस इन्टरनेशनलको २०औँ वार्षिकोत्सव, चितवन र नवलपुरका विभिन्न स्थानमा सामाजिक कार्यक्रम सम्पन्न
समाचार
ग्रेस इन्टरनेशनलको २०औँ वार्षिकोत्सव, चितवन र नवलपुरका विभिन्न स्थानमा सामाजिक कार्यक्रम सम्पन्न

चितवन, कात्तिक २३ – ग्रेस इन्टरनेशनलले आफ्नो स्थापनाको २०औँ वार्षिकोत्सवको अवसरमा चितवन र नवलपुरका विभिन्न स्थानमा सामाजिक उत्तरदायित्व तथा सामुदायिक सेवा कार्यक्रम सम्पन्न गरेको छ । वार्षिकोत्सवका अवसरमा ग्रेस इन्टरनेशनल चितवन क्षेत्रअन्तर्गतका नारायणगढ, पर्सा र कावासोती शाखामार्फत रक्तदान, खाद्यान्न तथा घरायसी सामग्री सहयोग, विद्यार्थीलाई शैक्षिक सामग्री वितरण, स्वास्थ्य तथा शिक्षासम्बन्धी जनचेतनामूलक कार्यक्रम र स्वास्थ्य शिविर […]

  • १९ घन्टा अगाडि

भर्खरै

सिफारिस