नेकपा माओवादी केन्द्रका नेता तथा पूर्व उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले केपी शर्मा ओली कम्युनिस्टको वैचारिक कार्यदिशाबाट विचलित भएको बताएका छन् ।
विज्ञापन
माओवादी केन्द्र महोत्तरीको बर्दिबासमा प्रथम नगरसम्मेलनको उद्घाटनसत्रलाई सम्बोधन गर्दै नेता श्रेष्ठले प्रधानमन्त्री बन्नकै लागि केपी शर्मा ओलीले प्रतिगमन र विसर्जनवादलाई आगालेको पनि आरोप लगाए ।
समाजवादी क्रान्तिबाट नै सुखी नेपालको परिकल्पना गर्न सकिने र यसको लागी कम्युनिस्टहरूले सत्ताको नेतृत्व गर्नुपर्ने उनको जिकिर छ ।
क्रान्तिकारी पक्षधरहरूसँग नै कम्युनिस्टहरूले सहकार्य र कार्यगत एकता गर्नुपर्ने उल्लेख गर्दै नेता श्रेष्ठले वैचारिक, कार्यगत र रणनीतिसहितको मोर्चा बन्दी गर्दै पार्टीलाई मजबुत बनाउनु पर्नेमा जोड दिए ।
माओवादी केन्द्र कहिल्यै पद र सत्ताको लोभ नगर्ने र जनमुखी कार्यहरूमा सहकार्य गर्दै आएको पनि उनको भनाइ छ ।
नेता श्रेष्ठले पदभन्दा पनि विचारमाथि हुनुपर्ने बताए । उनले भने, ‘केपी शर्मा ओलीले प्रधानमन्त्री बन्नकै लागि एकता गरे अनि सहमतिलाई पनि तोडे ।’
समाजवादी क्रान्तिलाई स्थापित गराउन कम्युनिस्टहरूको लागी अपूर्व अवसर आएको र त्यसलाई वैचारिक कार्यदिशामा मतभेद र सत्तालिप्साको कारण सुरक्षित गर्न नसकिएको पनि नेता श्रेष्ठले दाबी गरे ।
फेसबुक प्रतिक्रियाहरु