आइतवार, कार्तिक २५, २०८१
  • होमपेज
  • समाचार
  • प्रचण्डपथ छाड्नु ऐतिहासिक भुल थियो : अर्थमन्त्री शर्मा
समाचार

प्रचण्डपथ छाड्नु ऐतिहासिक भुल थियो : अर्थमन्त्री शर्मा

संघीय सरकारका अर्थमन्त्री तथा नेकपा माओबादी केन्द्रका स्थायी समिति सदस्य जनार्दन शर्माले प्रचण्डपथ छाड्नु ऐतिहासिक भुल भएको बताएका छन् । आज विराटनगरमा नेकपा माओबादी केन्द्र विराटनगर महानगरको अधिवेशनलाई सम्बोधन गर्दै मन्त्री शर्माले प्रचण्डपथ छाडेकै कारण माओबादी पाटीमा विचलन आएको र पार्टी दिग्भ्रमित भएको बताए ।

नेता शर्माले प्रचण्डपथ हटाएकै कारण पाटीमा संगठन बिधि पद्धती र अनुशासन कायम हुन नसकेको र असमानता हाबी भएको जिकीर गरे । उनले भने , ‘प्रचण्डपथ हटाउनु, त्यो ऐतिहासिक भूल थियो त्यसलाई हामीले सच्याएर जानुपर्छ ।’

विज्ञापन

सामन्ती व्यवस्था अन्त्य गरेर देशमा गणतन्त्र ल्याउने पार्टी माओबादी मात्र भएकाले उपलब्धिहरुको स्वामित्व लिन हिच्कचाउन नहुने उनको भनाइ थियो । उनले माओबादीसँग बिद्रोहको एजेण्डा र उपलब्धि रहेकोले समाजबादी पार्टीको आधार प्रशस्त रहेको पनि बताए ।

विज्ञापन

उनले जनयुद्धमा दश बर्ष र शान्ति प्रकृयापछि १५ बर्ष गरेर २५ बर्ष माओबादी पार्टीका अध्यक्ष प्रचण्डको नेतृत्वले देशलाई लिड गर्न सफल भएपनि त्यो अब पर्याप्त नभएकोले आगामी महाधिबेशनबाट ५० बर्ष सम्म देशलाई लिड गर्ने कार्य योजना र रणनीति निर्माण गर्न आवश्यक भएको बताए । मन्त्री शर्माले समाजबादमा जाने आधार माओबादी पार्टीमा मात्र भएकाले निर्वाचनमा पनि प्रशस्त जित हासिल गर्ने दाबी गरे ।

समाजवादमा जान अब माओबादी पार्टीले आर्थिक समृद्धिको निर्माण गर्ने, समाजिक साँस्कृतिक रुपान्तरण अभियान चलाउने, जातिय, भौगौलिक र साँस्कृतिक पहिचानलाई आत्मसम्मान गर्न र पूर्ण समानुपातिक निर्वाचन प्रणाली अवलम्बन गराउने उनले बताए ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस