शनिबार, कार्तिक २८, २०८३
  • होमपेज
  • समाचार
  • माओबादी पार्टीले आर्थिक समृद्धिको निर्माण गर्छ : अर्थमन्त्री शर्मा
समाचार

माओबादी पार्टीले आर्थिक समृद्धिको निर्माण गर्छ : अर्थमन्त्री शर्मा

संघीय सरकारका अर्थमन्त्री तथा नेकपा माओबादी केन्द्रका स्थायी समिति सदस्य जनार्दन शर्माले प्रचण्डपथ छाड्नु ऐतिहासिक भुल भएको बताएका छन् । आज विराटनगरमा नेकपा माओबादी केन्द्र विराटनगर महानगरको अधिवेशनलाई सम्बोधन गर्दै मन्त्री शर्माले प्रचण्डपथ छाडेकै कारण माओबादी पाटीमा विचलन आएको र पार्टी दिग्भ्रमित भएको बताए ।

समाजवादमा जान अब माओबादी पार्टीले आर्थिक समृद्धिको निर्माण गर्ने, समाजिक साँस्कृतिक रुपान्तरण अभियान चलाउने, जातिय, भौगौलिक र साँस्कृतिक पहिचानलाई आत्मसम्मान गर्न र पूर्ण समानुपातिक निर्वाचन प्रणाली अवलम्बन गराउने उनले बताए ।

विज्ञापन

नेता शर्माले प्रचण्डपथ हटाएकै कारण पाटीमा संगठन बिधि पद्धती र अनुशासन कायम हुन नसकेको र असमानता हाबी भएको जिकीर गरे । उनले भने , ‘प्रचण्डपथ हटाउनु, त्यो ऐतिहासिक भूल थियो त्यसलाई हामीले सच्याएर जानुपर्छ ।’

विज्ञापन

सामन्ती व्यवस्था अन्त्य गरेर देशमा गणतन्त्र ल्याउने पार्टी माओबादी मात्र भएकाले उपलब्धिहरुको स्वामित्व लिन हिच्कचाउन नहुने उनको भनाइ थियो । उनले माओबादीसँग बिद्रोहको एजेण्डा र उपलब्धि रहेकोले समाजबादी पार्टीको आधार प्रशस्त रहेको पनि बताए ।

उनले जनयुद्धमा दश बर्ष र शान्ति प्रकृयापछि १५ बर्ष गरेर २५ बर्ष माओबादी पार्टीका अध्यक्ष प्रचण्डको नेतृत्वले देशलाई लिड गर्न सफल भएपनि त्यो अब पर्याप्त नभएकोले आगामी महाधिबेशनबाट ५० बर्ष सम्म देशलाई लिड गर्ने कार्य योजना र रणनीति निर्माण गर्न आवश्यक भएको बताए । मन्त्री शर्माले समाजबादमा जाने आधार माओबादी पार्टीमा मात्र भएकाले निर्वाचनमा पनि प्रशस्त जित हासिल गर्ने दाबी गरे ।

फेसबुक प्रतिक्रियाहरु

सम्बन्धित समाचार

ग्रेस इन्टरनेशनलको २०औँ वार्षिकोत्सव, चितवन र नवलपुरका विभिन्न स्थानमा सामाजिक कार्यक्रम सम्पन्न
समाचार
ग्रेस इन्टरनेशनलको २०औँ वार्षिकोत्सव, चितवन र नवलपुरका विभिन्न स्थानमा सामाजिक कार्यक्रम सम्पन्न

चितवन, कात्तिक २३ – ग्रेस इन्टरनेशनलले आफ्नो स्थापनाको २०औँ वार्षिकोत्सवको अवसरमा चितवन र नवलपुरका विभिन्न स्थानमा सामाजिक उत्तरदायित्व तथा सामुदायिक सेवा कार्यक्रम सम्पन्न गरेको छ । वार्षिकोत्सवका अवसरमा ग्रेस इन्टरनेशनल चितवन क्षेत्रअन्तर्गतका नारायणगढ, पर्सा र कावासोती शाखामार्फत रक्तदान, खाद्यान्न तथा घरायसी सामग्री सहयोग, विद्यार्थीलाई शैक्षिक सामग्री वितरण, स्वास्थ्य तथा शिक्षासम्बन्धी जनचेतनामूलक कार्यक्रम र स्वास्थ्य शिविर […]

  • ६ दिन अगाडि

भर्खरै

सिफारिस