आइतवार, कार्तिक २२, २०८३
  • होमपेज
  • समाचार
  • मतदान सकिए लगत्तै भीम रावलले गरे एमाले छोड्ने संकेत
समाचार

मतदान सकिए लगत्तै भीम रावलले गरे एमाले छोड्ने संकेत

काठमाडौं। 

नेकपा एमालेका नेता डा. भीम रावलले अध्यक्ष पदमा हारेको खण्डमा पार्टी छोड्ने संकेत गरेका छन् । उनले अध्यक्षमा हारे केन्द्रीय सदस्यमा पनि नरहने भन्दै यस्तो संकेत गरेका छन् ।

विज्ञापन

पार्टीको महाधिवेशनअन्तर्गतको मतदानपछि संचारकर्मीसँग कुरा गर्दै रावलले आफूले अध्यक्षबाहेकका पदमा उम्मेदवारी नदिएको भन्दै केन्द्रीय सदस्य अस्विकार गरेका छन् ।

विज्ञापन

आयोगका पदाधिकारीलाई अध्यक्षका लागि मात्र आफ्नो उम्मेदवारी रहेको जानकारी गराए पनि आफ्नो नाम सदस्यमा पनि रहेको भन्दै उनले विजयी भए अध्यक्षका रुपमा मात्र शपथ लिने बताए।

आठौं महाधिवेशनमा पनि यही विषयमा विवाद भएको स्मरण गर्दै रावलले भने, ‘मैले जुन पदमा उम्मेदवारी दिएको छैन त्यसमा कसरी शपथ लिन्छु! अहिले पनि मैले त्यसमा उम्मेदवारी दिएको छैन। अध्यक्ष पदमा विजय भए शपथ लिन्छु, अन्य पदमा मैले उम्मेदवारी दिएको छैन।’

निर्वाचनका क्रममा आचारसंहिताविपरीत समूहगत सूची बाँडिएको र त्यस्ता कार्य नगर्न आग्रह गर्नेहरुप्रति हातपात भएको विषयमा पनि रावलले आपत्ति जनाएका छन्।

फेसबुक प्रतिक्रियाहरु

सम्बन्धित समाचार

ग्रेस इन्टरनेशनलको २०औँ वार्षिकोत्सव, चितवन र नवलपुरका विभिन्न स्थानमा सामाजिक कार्यक्रम सम्पन्न
समाचार
ग्रेस इन्टरनेशनलको २०औँ वार्षिकोत्सव, चितवन र नवलपुरका विभिन्न स्थानमा सामाजिक कार्यक्रम सम्पन्न

चितवन, कात्तिक २३ – ग्रेस इन्टरनेशनलले आफ्नो स्थापनाको २०औँ वार्षिकोत्सवको अवसरमा चितवन र नवलपुरका विभिन्न स्थानमा सामाजिक उत्तरदायित्व तथा सामुदायिक सेवा कार्यक्रम सम्पन्न गरेको छ । वार्षिकोत्सवका अवसरमा ग्रेस इन्टरनेशनल चितवन क्षेत्रअन्तर्गतका नारायणगढ, पर्सा र कावासोती शाखामार्फत रक्तदान, खाद्यान्न तथा घरायसी सामग्री सहयोग, विद्यार्थीलाई शैक्षिक सामग्री वितरण, स्वास्थ्य तथा शिक्षासम्बन्धी जनचेतनामूलक कार्यक्रम र स्वास्थ्य शिविर […]

  • १३ घन्टा अगाडि

भर्खरै

सिफारिस