चितवन ।
आफूले बन्दसत्रमा सार्वजजिक गरेको सूचीमा पदाधिकारीमा नअटाएका नेताद्वय घनश्याम भुसाल र भीम आचार्यलाई केन्द्रीय सदस्यमा भने केपी ओलीले मत मागेका छन् ।
विज्ञापन
भुसाल र आचार्यलाई ओलीले नै मत मागेपछि हंगामा मच्चिएको छ । भुसालको विरुद्धमा पूर्वमाओवादी नेता रामबहादुर थापा बादल र आचार्यको विरुद्धमा टोपबहादुर रायमाझी लडेका छन् । यस्तो परिस्थितिमा ओलीले नै बादल र रायमाझीविरुद्ध मत माग्नुलाई अर्थपूर्ण मानिएको छ ।
एक सदस्यका अनुसार पदाधिकारीमा प्रतिस्पर्धा गरिरहेका सबै उम्मेदवारको नाम केन्द्रीय सदस्यमा पनि भएकाले मत मागिएको दाबी गरे । तर उक्त तर्कमा दम भने छैन ।
ओलीले आफूसहित आफूले सार्वजनिक गरेका पदाधिकारी सूचीमा भएकालाई केन्द्रीय सदस्यमा मत नदिन भनेका छन् ।
मतदानस्थलमा बाँडिएको पर्चामा नेता भीम रावललाई अध्यक्ष र सदस्य दुवैमा मत नहाल्न उल्लेख छ । तर, आफ्नो सूचीभन्दा बाहिरबाट उपाध्यक्ष र सदस्य पदमा उम्मेदवार कायम भएका भुसाललाई भने सदस्यमा मतदान गर्न भनिएको छ ।
त्यसैगरी सचिव र सदस्य पदमा उम्मेदवारी कायम भएका टंकप्रसाद कार्कीलाई पनि दुवै पदमा मत नदिन ओलीका तर्फबाट सार्वजनिक गरिएको पर्चामा उल्लेख छ । तर, उपाध्यक्षका उम्मेदवार भुसाल र सचिवका उम्मेदवार भीम आचार्यलाई भने मत दिन आह्वान गरिएको छ ।
ओलीले सार्वजनिक गरेअनुसार पदाधिकारीमा उम्मेदवारी दिएका सबैलाई खुला सदस्यमा भने मत नदिन भनिएको छ ।
मतदान स्थलमा ओलीका तर्फबाट बाँडिएको पर्चामा भुसाल र आचार्यलाई मत दिन भनिएको छ भने कार्की र रावललाई भने मत नदिने उल्लेख गरिएको छ ।
फेसबुक प्रतिक्रियाहरु