शनिबार, कार्तिक २८, २०८३
  • होमपेज
  • समाचार
  • ओलीको सूची अस्वीकार गरेर निर्वाचन माग गर्ने, नमानिए बन्दसत्र बहिष्कार गरेर पत्रकार सम्मेलन गर्ने रावलको तयारी
समाचार

ओलीको सूची अस्वीकार गरेर निर्वाचन माग गर्ने, नमानिए बन्दसत्र बहिष्कार गरेर पत्रकार सम्मेलन गर्ने रावलको तयारी

सौराहा । 

नेकपा (एमाले)का उपाध्यक्ष भीम रावलले अध्यक्ष केपी शर्मा ओलीले बन्दसत्रमा प्रस्तुत गर्ने पदाधिकारी र केन्द्रीय कमिटीको सूचीलाई अस्वीकार गर्ने भएका छन्। शनिबारको बन्दसत्रमा झिनो विरोधका आवाजका बीच सूची तयार गर्ने अधिकार पाएका ओलीले आजकै बन्दसत्रमा त्यो प्रस्तुत गर्ने तयारी छ।

विज्ञापन

अध्यक्षमा उम्मेदवारी घोषणा गरेका रावलले भने निर्वाचनको माग गरिरहेका छन्। शनिबार ओलीलाई अधिकार दिने प्रस्तावको विरोध गर्दै उनले निर्वाचनको औचित्यबारे बोलेका थिए।

विज्ञापन

 

आजको बन्दसत्रमा ओलीले सूची प्रस्तुत गरेपछि एक स्वरमा निर्वाचनको माग गर्नुपर्ने आफू निकटका नेताहरुलाई ब्रिफिङ गरेका छन् । आइतबार आफू पक्षका नेताहरुसँग छलफल गरेका रावलले ओली पक्षले त्यसको सुनुवाइ गरेनन् र पेलेर अघि बढे भने बन्दसत्र बहिष्कार गर्ने तयारी गरेका छन् । ‘बन्दसत्रबाट बाहिर आएर पत्रकार सम्मेलन गर्नुहुनेछ,’ रावलको ब्रिफिङ सुनेका एक नेताले भने ।

रावलले निकट नेताहरुसँग निर्वाचनलाई अस्वीकार गर्नु लोकतन्त्र र जबजको विरुद्धमा भएको बताएका थिए। ‘बन्दसत्रमा कस्तो परिस्थिति बन्छ। त्यसलाई विचार गर्नुपर्छ। सोहीअनुसार अगाडि बढ्नुपर्छ,’ रावलको भनाइ उद्धृत गर्दै ती नेताले भने। रावललाई उपाध्यक्षमा बस्न प्रस्ताव आएको तर रावल अध्यक्षको उम्मेदवार बन्नलाई निकै अगाडि बढिसकेको भन्दै त्यो प्रस्ताव अस्वीकार गरिदिएको ती नेताको भनाइ छ ।

फेसबुक प्रतिक्रियाहरु

सम्बन्धित समाचार

ग्रेस इन्टरनेशनलको २०औँ वार्षिकोत्सव, चितवन र नवलपुरका विभिन्न स्थानमा सामाजिक कार्यक्रम सम्पन्न
समाचार
ग्रेस इन्टरनेशनलको २०औँ वार्षिकोत्सव, चितवन र नवलपुरका विभिन्न स्थानमा सामाजिक कार्यक्रम सम्पन्न

चितवन, कात्तिक २३ – ग्रेस इन्टरनेशनलले आफ्नो स्थापनाको २०औँ वार्षिकोत्सवको अवसरमा चितवन र नवलपुरका विभिन्न स्थानमा सामाजिक उत्तरदायित्व तथा सामुदायिक सेवा कार्यक्रम सम्पन्न गरेको छ । वार्षिकोत्सवका अवसरमा ग्रेस इन्टरनेशनल चितवन क्षेत्रअन्तर्गतका नारायणगढ, पर्सा र कावासोती शाखामार्फत रक्तदान, खाद्यान्न तथा घरायसी सामग्री सहयोग, विद्यार्थीलाई शैक्षिक सामग्री वितरण, स्वास्थ्य तथा शिक्षासम्बन्धी जनचेतनामूलक कार्यक्रम र स्वास्थ्य शिविर […]

  • ६ दिन अगाडि

भर्खरै

सिफारिस