शनिबार, कार्तिक २८, २०८३
  • होमपेज
  • समाचार
  • अब वाईसीएलले इँटको जवाफ पत्थरले दिने गरी तयारी गर्नु : प्रचण्ड
समाचार

अब वाईसीएलले इँटको जवाफ पत्थरले दिने गरी तयारी गर्नु : प्रचण्ड

काठमाडौं ।

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले ‘जनताको वर्ग सङ्घर्ष’मा चुनौती खडा गर्नेहरूलाई जवाफ दिने गरी तयारी शुरू गर्न वाईसीएल र विद्यार्थीलाई अपील गरेका छन्।

विज्ञापन

माओवादीको देशभरका स्थानीय तहको सम्मेलन उद्घाटन समारोहलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै अध्यक्ष दाहालले माओवादी विरुद्ध आउने दिनमा विभिन्न व्यवधान खडा गरिने बताए। त्यसका लागि तयारी गर्न उनले देशभरका कार्यकर्तालाई अपील गरे।

विज्ञापन

“हाम्रो विरुद्ध आउने दिनमा विभिन्न किसिमका व्यवधान खडा गर्न खोजिनेछ,” अध्यक्ष दाहालले भने, “म युवा कमरेडहरूलाई खास गरी वाईसीएल, विद्यार्थीलाई अपील गर्न चाहन्छु, जनताको विजय यात्रामा या जनताको वर्ग सङ्घर्षको महान अभियानमा हाम्रा विरुद्ध चुनौती खडा गर्न खोजिन्छ भने इँटको जवाफ पत्थरले दिने गरी तयारी गरौं।”

उनले माओवादी आन्दोलनबाट प्राप्त उपलब्धिलाई निस्तेज गर्न खोजिएको जिकिर गरे। “माओवादी आन्दोलनलाई निस्तेज पार्ने राष्ट्रिय र अन्तर्राष्ट्रिय षड्यन्त्र भइरहेका छन्, यसलाई चिर्ने चुनौती छ,” दालहाले भने, “यो एउटा नयाँ अवसर र एउटा नयाँ चुनौतीका बीचमा हामी खडा छौं, हाम्रो पार्टी खडा छ। एकताबद्ध भएर गएमा यो चुनौतीलाई जित्न सक्छौं।”

नेकपा (एमाले)को राष्ट्रिय महाधिवेशनलाई इङ्गित गर्दै दाहालले माओवादीलाई अन्य पार्टीभन्दा फरक बनाउनुपर्नेमा जोड दिए। “हाम्रो पार्टी बुर्जुवाहरूको जस्तो पार्टी हुनेछैन। हाम्रो पार्टी क्रान्तिकारी पार्टीकै रूपमा इतिहासमा आफ्नो दायित्व, अभिभारा पूरा गर्ने पार्टी हुनेछ,” दाहालले भने।

एमालेको महाधिवेशनमा विचारको मन्थन नहुने उल्लेख गर्दै दाहालले माओवादीका स्थानीय तहका अधिवेशनमा पनि विचारको मन्थन गर्न आग्रह गरे। “चितवनमा कुम्भमेला जस्तो भएको छ, त्यहाँ विचारको मन्थन हुँदैन, त्यो तथाकथित अधिवेशन मात्रै हो,” दाहालले भने, “हाम्रो सम्मेलन फरक हुन्छ। विचारको मन्थन हुन्छ।”

माओवादीले आज देशभरका स्थानीय तहमा सम्मेलन गर्दै छ। त्यसपछि जिल्ला सम्मेलन र प्रदेश सम्मेलन गर्नेछ। माओवादीको राष्ट्रिय सम्मेलन ११ देखि १३ पुसमा तय गरिएको छ।

फेसबुक प्रतिक्रियाहरु

सम्बन्धित समाचार

ग्रेस इन्टरनेशनलको २०औँ वार्षिकोत्सव, चितवन र नवलपुरका विभिन्न स्थानमा सामाजिक कार्यक्रम सम्पन्न
समाचार
ग्रेस इन्टरनेशनलको २०औँ वार्षिकोत्सव, चितवन र नवलपुरका विभिन्न स्थानमा सामाजिक कार्यक्रम सम्पन्न

चितवन, कात्तिक २३ – ग्रेस इन्टरनेशनलले आफ्नो स्थापनाको २०औँ वार्षिकोत्सवको अवसरमा चितवन र नवलपुरका विभिन्न स्थानमा सामाजिक उत्तरदायित्व तथा सामुदायिक सेवा कार्यक्रम सम्पन्न गरेको छ । वार्षिकोत्सवका अवसरमा ग्रेस इन्टरनेशनल चितवन क्षेत्रअन्तर्गतका नारायणगढ, पर्सा र कावासोती शाखामार्फत रक्तदान, खाद्यान्न तथा घरायसी सामग्री सहयोग, विद्यार्थीलाई शैक्षिक सामग्री वितरण, स्वास्थ्य तथा शिक्षासम्बन्धी जनचेतनामूलक कार्यक्रम र स्वास्थ्य शिविर […]

  • ६ दिन अगाडि

भर्खरै

सिफारिस