शनिबार, जेष्ठ ५, २०८१
  • होमपेज
  • समाचार
  • थप उपचार गर्न नेता वर्षमान पुनलाई चीन लगियो
समाचार

थप उपचार गर्न नेता वर्षमान पुनलाई चीन लगियो

नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य वर्षमान पुनलाई थप उपचारका लागि चीनको थर्ड पिपुल्स अस्पिटल अफ सेनसेज लगिएको छ।

विश्वमै बिरलै देखिने जटिल प्रकृतिको जन्डिसले सताएका कारण डेढ महिनादेखि बैंककस्थित समितिभेज अस्पतालमा उपचार गराइरहेका पूर्व अर्थ तथा ऊर्जामन्त्री पुनको स्वास्थ्यमा उल्लेख्य सुधार नभएपछि थप उपचारका लागि चीन लगिएको उनका पूर्वस्वकीय सचिव तथा माओवादी केन्द्रका केन्द्रीय सदस्य दुर्गा चापागाँईले जानकारी दिएका छन्।

विज्ञापन

नेता पुनसँगै पूर्वसभामुखसमेत रहेकी उनकी पत्नी ओनसरी घर्ती र छोरी शीला बैंककबाट चीनको सेनजेन उडेका छन्। उनीहरू आजै मध्याह्न अस्पताल पुगेर उपचार सुरु हुने चापागाईंले जानकारी दिए।

विज्ञापन

समितिभेज अस्पतालका चिकित्सकले यहाँ भन्दा थप उपचार गर्न नसक्ने र स्वास्थ्य अवस्थामा उल्लेख्य सुधार नदेखिएकाले उपचारका लागि सेनजेन लैजान सुझाव दिएका थिए।

काठमाडौंबाट बैंकक लैजाँदा जन्डिस (बिलरुविन) को तह १८ रहेकामा उपचारका क्रममा बढेर अहिले २२ पुगेको देखिएको छ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस