शनिबार, जेष्ठ ५, २०८१
  • होमपेज
  • समाचार
  • केही बुद्धिजीवीले समाज बिगार्ने काम गरे : ओली
समाचार

केही बुद्धिजीवीले समाज बिगार्ने काम गरे : ओली

काठमाडौं।

एमाले अध्यक्ष केपी शर्मा ओलीले जटिल विषयवस्तु बुझिने भाषामा जनतालाई बुझाउनुपर्ने बताएका छन् ।

विज्ञापन

एमालेको १०औँ महाधिवेशनको दौरान बिहीबार चितवन पुगेका ओलीले नेपाल बुद्धिजीवी परिषद्ले चितवनमा गरेको ‘वर्तमान परिवेशमा नेकपा एमालेको महाधिवेशन, समाजवादको निर्माण प्राज्ञिक बहस तथा दिशानिर्देश’ कार्यक्रममा समाज विज्ञानका जटिल कुराहरू आम जनताले बुझ्ने सरल भाषामा बुझाउनुपर्ने बताएका हुन् ।

विज्ञापन

कार्यक्रममा बाेल्दै उनले केही बुद्धिजीवीहरूले समाज बिगार्ने काम गरिहेको पनि बताए। उनले केही औषधीका नामजस्ताबाहेक सबै कुरा बुझिनेगरी समाजमा जानुपर्ने बताए । उनले भने, ‘जान्ने सुन्ने भएपछि मान्छेमा एउटा रोग लागेको हुन्छ नि, गाउँमा गएर किसानलाई प्राविधिक भाषामा बुझाएपछि किसानले केही पनि बुझ्दैन । त्यसैले बुझ्ने भाषामा बुझाउनुपर्छ।’

नेकपा एमालेको १० औँ महाधिवेशनकाे उद्घाटन शुक्रबार चितवनमा हुँदैछ ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस