On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

बिहिबार, बैशाख १३, २०८१
जोडिनुहो��
  • होमपेज
  • पत्रपत्रिका
  • राशिफल : २०७८ मंसिर १० गते शुक्रवार निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल
पत्रपत्रिका

राशिफल : २०७८ मंसिर १० गते शुक्रवार निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल

वि.सं. २०७८ मंसिर १० गते शुक्रवार तदनुसार ई. सं. २०२१ नोभेम्बर २६ तारिख, राक्षस नामक संवत्सर, शाके :– १९४३, सूर्य दक्षिणायन, हेमन्त ऋतु, ने.सं. :– ११४२, (कछलागा) काठमाण्डौं, नेपालमा सूर्योदय : बिहान ०६:३४ बजे र सूर्यास्त : साँझ ०५:०७ बजे, पोखरा, कास्की, नेपालमा सूर्योदय : बिहान ०६:४१ बजे र सूर्यास्त : साँझ ०५:११ बजे, मार्गशीर्ष कृष्णपक्षको सप्तमी तिथि, मध्यरात्रीपछि १२:४३ बजेसम्म, त्यसपछि अष्टमी तिथि,अश्लेषा नक्षत्र, साँझ ०४:५९ बजेसम्म, त्यसपछि मघा नक्षत्र, चन्द्रमा कर्कट राशिमा, साँझ ०४:५९ बजेसम्म, त्यसपछि सिंह राशिमा,ऐन्द्र योग, मध्यरात्रीपछि ०४:५२ बजेसम्म, त्यसपछि वैधृति योग, सुरुमा विष्टि (भद्रा) करण दिउँसो १२:३२ बजेसम्म, त्यसपछि बब करण मध्यरात्रीपछि १२:४३ बजेसम्म, अन्तिममा बालब करण, (भद्राको वास : पृथ्वीतल/भूमिलोक), आनन्दादि योग : मृत्यु, चन्द्रवर्ण : सेतो (साँझ ०४:५९ बजेसम्म), त्यसपछि रातो, चन्द्रदिशा : उत्तर (साँझ ०४:५९ बजेसम्म), त्यसपछि पूर्व, योगिनीदिशा : वायव्य, वारशूल : पश्चिम, वाणपञ्चकमध्ये मृत्यु वाण : बेलुका ०९:३३ सम्म, त्यसपछि अग्नि वाण, कालराहु चक्रमा कालको दिशा : आग्नेय र पाशको दिशा : वायव्य,

 

विज्ञापन

आगामी ३ दिनभित्रपर्ने चाडपर्व, उत्सव र मुहूर्तादिको विवरण :– ११ गते : अष्टमी व्रत, भैरवाष्टमी, कालाष्टमी, गोरखकाली पूजा, साँझमा भैरवको उत्पत्ति, अष्टका श्राद्ध, मूहुर्त : शिववास (रुद्री/पूजा गर्न मिल्ने दिन वा रुद्राभिषेक मुहूर्त), अग्निवास (सामान्य यज्ञ र हवन गर्न मिल्ने दिन), १२ गते : अन्वष्टका श्राद्ध, मूहुर्त : शुभविवाह (पाणिग्रहण), कलशचक्र,१३ गते : गुह्येश्वरी यात्रा, मूहुर्त : अन्नप्राशन(पास्नी), अग्निवास (सामान्य यज्ञ र हवन गर्न मिल्ने दिन), शुभविवाह (पाणिग्रहण), शिलान्यास (सामान्य), घर छाउने/ढलान गर्ने, डेरा सर्ने/बसाइँ सर्ने, कलशचक्र,

विज्ञापन

 

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
दिनको सुरुवातमा आलस्य र थकानको महसुस भए पनि आनन्द र उल्लासको वातावरणमा समय व्यतीत हुनेछ । आम्दानीको नयाँ स्रोत देखा पर्नेछ । डुबेको धन अप्रत्याशित ढङ्गले फिर्ता आउन सक्छ । परिवारका सदस्यहरूमा खुसी हुनेछ । दिन ढल्दै जाँदा ज्ञानमूलक क्षेत्रमा आकर्षण बढ्नेछ । पठनपाठनमा मन जानेछ । आजका लागि शुभ अङ्क : ४ र शुभ रङ्ग : घिउ रङ हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ चं चन्द्रमसे नम: न्यूनतम जापसङ्ख्या : ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
सन्तुष्टिको अनुभूति हुनेछ । दाजुभाइ र बन्धुवान्धवले सकेको सहयोग गर्नेछन् । कुनै कामको नेतृत्व गर्ने अवसर प्राप्त हुनेछ । साँझमा चतुर्थ भावमा चन्द्रमाको प्रवेश हुनेछ, त्यसपछि राम्रो/नराम्रो दुबैखाले समाचार सुन्न पाउनु हुनेछ । बेलुका झिनामसिना घरायसी समस्याहरू देखापर्न सक्छन् । जीवनसाथीसित ठाकठुक पर्ने सम्भावना छ तर तुरुन्त सुलह हुनेछ । आजका लागि शुभ अङ्क : ३ र शुभ रङ्ग : सिम्रिक रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ सिद्धिविनायकाय नम: न्यूनतम जापसङ्ख्या : २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
रोकिएका काम सम्पादन हुनेछन् । पठन–पाठनमा प्रगति हुनेछ । व्यवसायिक क्षेत्रबाट राम्रै लाभ प्राप्त हुनेछ । आम्दानीका नयाँनयाँ मार्ग पत्ता लाग्नेछन् । पारिवारिक सुख मिल्नेछ । मातापिता वा अभिभावकवर्गबाट आवश्यक सहयोग र सल्लाह प्राप्त हुनेछ । सामाजिक क्षेत्रबाट सम्मानित हुने अवसर पाइने छ । हाँकेका, ताकेका कुरामा सफलता मिल्नेछ । आजका लागि शुभ अङ्क : २ र शुभ रङ्ग : सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ सिद्धिलक्ष्म्यै नम: न्यूनतम जापसङ्ख्या : ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
चन्द्रमा राशिमा रहेकाले मनमा उमङ्ग रहने दिन छ, तर पारिवारिक समस्या र उल्झनमा समय दिनुपर्ने छ । आर्थिक पक्ष सबल छैन, कुनै वस्तु खरिद गर्दा महँगोमा पर्न सक्नुहुन्छ । बन्दव्यापारबाट बेफाइदा हुँदैन । गरेका काम ढिलो गरी सम्पन्न हुनेछन् । नातागोताभित्रका सदस्यहरूको समस्यामा रुमल्लिनुपर्ने समय छ । आजका लागि शुभ अङ्क : १ र शुभ रङ्ग : कलेजी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ भास्कराय नम: न्यूनतम जापसङ्ख्या : ०७ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
दु:खसुख, आयव्यय, सफलता–असफलता उस्तैउस्तै होला । शुभफल पाउन सङ्घर्ष नै गर्नुपर्छ । साँझपख रमाइलोपन र विलासितातर्फ मन आकर्षित हुनेछ । मन त्यसैत्यसै उत्ताउलो र चञ्चल बन्नसक्छ । शरीरमा उत्साह देखिने छ । यात्राबाट पर्याप्त लाभ हुन सक्दैन । नयाँ व्यापार वा व्यवसायतर्फ हात हाल्नु राम्रो छैन । आजका लागि शुभ अङ्क : ३ र शुभ रङ्ग : सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ नम: शिवाय न्यूनतम जापसङ्ख्या : २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
इष्टमित्रले प्रदान गरेको सल्लाहलाई पालना गर्दा फाइदा हुने योग छ । देवालय मठ मन्दिर आदिको भ्रमण र दर्शन हुनेछ । निर्णयात्मक शक्ति बढ्नेछ । घरायसी वातावरणमा सुधार आउने छ, रमाइलो पारिवारिक जमघट हुनसक्छ । सामाजिक तथा साँस्कृतिक कार्यक्रममा संलग्न हुनुपर्नेछ । विशेष ज्ञानको उदय हुनेछ, कर्मप्रति इमानदार र लगनशील भइने छ । आजका लागि शुभ अङ्क : २ र शुभ रङ्ग : रङ्गीबिरङ्गी/छिरबिरे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ वैभवलक्ष्म्यै नम: न्यूनतम जापसङ्ख्या : २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
कर्मचारीले हाकिमलाई खुसी पार्न सक्छन् । ठूलाबडाको सहयोग र सल्लाहले राम्रो फाइदा लिन सकिने छ । सन्तानपक्षबाट सन्तुष्टि मिल्नेछ । आफ्नो क्षेत्रमा साख रहनेछ । धार्मिक/सामाजिक र सांस्कृतिक क्रियाकलापमा सक्रिय भइने छ । गरेका काममा सफलता पाइने छ । चिन्तनमूलक र बौद्धिक काममा समय निकाल्न सकिंदैन, तर श्रममूलक काममा फाइदा लिन सकिने छ । आजका लागि शुभ अङ्क : १ र शुभ रङ्ग : रातो/सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ स्थानदेवताभ्यो नम: न्यूनतम जापसङ्ख्या : ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
ढिलै भए पनि चाहना र मनोकाङ्क्षा पूरा हुने समय छ । प्रयासमा सफलता प्राप्त हुने दिन छ, तर प्रतिस्पर्द्धी र शत्रुले काम बिगार्ने प्रयास गर्नेछन्, सचेत हुनुपर्छ । प्रतिष्ठित व्यक्तिसित सहयोग लिन सकिन्छ । आफन्तजनबाट भन्दा अन्यबाट आवश्यक सहयोग मिल्नेछ । आजका लागि शुभ अङ्क : ९ र शुभ रङ्ग : पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ नमो नारायणाय न्यूनतम जापसङ्ख्या : ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
दिनभरि विभिन्न बाधाअड्चन व्यहोर्नुपर्ने हुन्छ । निराशा हुने र भाग्यबलमा कमी भएको अनुभूति हुनेछ । व्यवहारिक कारणले पारिवारिक जीवनमा तलबितल पर्नसक्छ । बन्दव्यापारमा उतारचढाव आइरहनेछ । एकाबिहानै घाटा व्यहोर्नुपर्ने स्थिति आइलागे पनि साँझपख भाग्यमा चन्द्रमाको प्रवेश हुने भएकाले अवस्था सन्तोषजनक देखिने छ । बिस्तारै निराशा र तनावको अन्त्य हुनेछ । आजका लागि शुभ अङ्क : ८ र शुभ रङ्ग : सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ सर्वमृत्युनिवारकाय नम: न्यूनतम जापसङ्ख्या : २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
बेलुकासम्म दाम्पत्य जीवनमा सकारात्मक सम्बन्ध रहने देखिन्छ । व्यापार व्यवसायबाट राम्रो प्रतिफल प्राप्त हुनेछ । बौद्धिक क्षेत्रमा समेत राम्रो छ । गरेका काममा ढिलो भए पनि उपलब्धिमूलक सफलता मिल्नेछ । दिनभरि पारिवारिक सम्बन्ध सामान्य रूपले अगाडि वढ्ने छ । महत्त्वपूर्ण घरायसी काम साँझ पर्नुअघि नै सिध्याउनु राम्रो हुन्छ । आजका लागि शुभ अङ्क : ७ र शुभ रङ्ग : रङ्गीबिरङ्गी/छिरबिरे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ द्रां द्रीं द्रौं स: शुक्राय नम: न्यूनतम जापसङ्ख्या : ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
घरायसी सुखसुविधा बढाउने कुनै महँगो वस्तुको किनमेल गर्न मन लालायित हुनेछ । यात्रा लाभप्रद बन्नसक्छ, धेरै टाढा पनि जानु पर्दैन । दिनभरि मन प्रफुल्ल रहनेछ । शान्त र रमाइलो वातावरणको सिर्जना हुनेछ । व्यवहारिक र व्यवसायिक चिन्तनका लागि उपयुक्त समय छ । घरायसी सुखसुविधा र मायाप्रेमका लागि समय निकाल्नुपर्ने देखिन्छ । आजका लागि शुभ अङ्क : ६ र शुभ रङ्ग : गुलाबी वा सिन्दूरे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ सर्वरोगहराय नम: न्यूनतम जापसङ्ख्या : १० पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
निराशा र वैराग्यका भावनाहरू देखापर्ने सम्भावना छ, तर मूलत: बौद्धिक र चिन्तनमूलक काममा दिन बित्नेछ । प्रेम तथा प्रणयका क्षेत्रमा राम्रो फल छैन । त्यसैले पारिवारिक सम्बन्ध वा सन्ततिका विषयमा विवादको परिस्थिति पनि आउन सक्छ । तर्कवितर्क वा विवादको स्थिति आउन बेर लाउँदैन, तर आँफू चुप लागेर बस्नु नै जायज हुनेछ । आजका लागि शुभ अङ्क : ५ र शुभ रङ्ग : सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ शारदादेव्यै नम: न्यूनतम जापसङ्ख्या : ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

 

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस