Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, भदौ २५, २०८१
  • होमपेज
  • समाचार
  • एमाले अध्यक्षमा ओलीको विकल्प छैन, अरु सबै पदमा चुनाव हुन्छ : महेश बस्नेत
समाचार

एमाले अध्यक्षमा ओलीको विकल्प छैन, अरु सबै पदमा चुनाव हुन्छ : महेश बस्नेत

नेकपा एमालेका केन्द्रीय सदस्य महेश बस्नेत अध्यक्ष केपी शर्मा ओलीनिकट मानिन्छन्। एमालेका युवा नेताहरुमा चाँडै राजनीतिक उचाइ लिनेमध्ये उनी एक हुन्। भक्तपुरमा कुनै बेला अस्तित्वको संघर्ष गर्ने एमालेलाई बस्नेतले पहिलो पार्टीका रुपमा उभिने अवस्थामा पु¥याएका छन्। चाँडो राजनीतिक उचाइ लिएका उनै महेश बस्नेत पटक पटक फरक खालका विवादमा पनि जोडिने गरेका छन्। अझै पनि कुनै आन्दोलन गर्नुपर्दा महेश बस्नेतलाई नै अध्यक्ष ओलीले अघि सार्छन्। कुनै समय माओवादीको भ्रातृ संगठन योङ कम्युनिष्ट लिग (वाईसीएल) विरुद्ध युथ फोर्सको नेतृत्व बस्नेतले नै गरेका थिए।

२०५४ सालको स्थानीय निर्वाचनमा २२ वर्षकै उमेरमा भक्तपुरको गुण्डु गाविस अध्यक्ष जितेर चर्चामा आएका उनी राजनीतिमा चतुर खेलाडी मानिन्छन्। बस्नेत अहिले एमालेको दसौँ राष्ट्रिय महाधिवेशनमा पदाधिकारी पदमै लड्ने तयारी गरिरहेका छन्। भक्तपुर क्षेत्र नम्बर २ बाट संघीय सांसद उनी आफ्नो नेतृत्वमा भक्तपुरको विकासले गति लिएको बताउँछन्। एमालेको दसौँ महाधिवेशन एक कोशेढुंगा सावित हुने दाबी बस्नेतले गरेका छन्।

विज्ञापन

अध्यक्षबाहेक सबै पदमा चुनाव हुने देखिन्छ। अब अध्यक्षको मनोविज्ञान मैले के बुझेको छु भने, कुनै पदाधिकारीमा यसलाई जिताऊ, उसलाई नजिताऊ भनेर यो पटक भन्नुहुन्न। मुख खोल्ने पक्षमा उहाँ हुनुहुन्न।

विज्ञापन

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस