बुधबार, कार्तिक २५, २०८३
  • होमपेज
  • समाचार
  • लौरी टेकेर गोरखामा घरदैलो गर्दै बाबुराम भट्टराई
समाचार

लौरी टेकेर गोरखामा घरदैलो गर्दै बाबुराम भट्टराई

काठमाण्डौँ । महिनामा कम्तीमा एकपटक गृहजिल्ला गोरखा जाने र जनताका घरमा बसोबास गर्दै आएका पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टी नेपालका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई यसपालि ११ दिने अभियानअन्तर्गत गोरखाका गाउँ-गाउँ पुगेका छन्।

चुनावकै बेलाजस्तै गरी भट्टराई जनताका घरदैलोमा पुगेका छन्। उनी मंसिर ३ गतेसम्म गोरखाका क्षेत्र नम्बर १ र २ का विभिन्न बस्ती पुग्ने र जनताका कुरा सुन्ने तथा कार्यक्रमहरूमा सहभागी हुने कार्यक्रम छ।

विज्ञापन

भट्टराई सडक नपुगेका क्षेत्रमा लौरी टेकेरै पुगेका छन्।जसपाको संगठन सुदृढीकरण तथा गोरखाका जनतासँग कुराकानी गर्न भन्दै उनी गाउँगाउँ पुगेका हुन्।

विज्ञापन

भट्टराईले गाउँमा जसपाका नेता तथा कार्यकर्ता मात्र होइन नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एमालेका स्थानीय नेता तथा कार्यकर्तासँग पनि कुराकानी गरिरहेका छन्।

भट्टराईको साथमा जसपा नेता हिसिया यमी र गण्डकी प्रदेशका मन्त्री हरिशरण आचार्य, गोरखा जसपा अध्यक्ष यानप्रसाद भट्ट, पूर्वसभासद ज्ञानेन्द्र कुमाललगायत नेताहरू पनि गाउँगाउँमा पुगेका छन्।

फेसबुक प्रतिक्रियाहरु

सम्बन्धित समाचार

ग्रेस इन्टरनेशनलको २०औँ वार्षिकोत्सव, चितवन र नवलपुरका विभिन्न स्थानमा सामाजिक कार्यक्रम सम्पन्न
समाचार
ग्रेस इन्टरनेशनलको २०औँ वार्षिकोत्सव, चितवन र नवलपुरका विभिन्न स्थानमा सामाजिक कार्यक्रम सम्पन्न

चितवन, कात्तिक २३ – ग्रेस इन्टरनेशनलले आफ्नो स्थापनाको २०औँ वार्षिकोत्सवको अवसरमा चितवन र नवलपुरका विभिन्न स्थानमा सामाजिक उत्तरदायित्व तथा सामुदायिक सेवा कार्यक्रम सम्पन्न गरेको छ । वार्षिकोत्सवका अवसरमा ग्रेस इन्टरनेशनल चितवन क्षेत्रअन्तर्गतका नारायणगढ, पर्सा र कावासोती शाखामार्फत रक्तदान, खाद्यान्न तथा घरायसी सामग्री सहयोग, विद्यार्थीलाई शैक्षिक सामग्री वितरण, स्वास्थ्य तथा शिक्षासम्बन्धी जनचेतनामूलक कार्यक्रम र स्वास्थ्य शिविर […]

  • ३ दिन अगाडि

भर्खरै

सिफारिस