On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

शनिबार, जेष्ठ ५, २०८१
рдЬреЛрдбрд┐рдиреБрд╣реЛрд�
  • होमपेज
  • समाचार
  • एमालेमा चर्कियो असन्तुष्टि, तत्कालीन अध्यक्ष नै लागे नेकपा (एस)तिर
समाचार

एमालेमा चर्कियो असन्तुष्टि, तत्कालीन अध्यक्ष नै लागे नेकपा (एस)तिर

डडेल्धुरा।

डडेलधुरा नेकपा एमालेमा असन्तुष्टि चर्किएको छ । सुदूरपश्चिममा अध्यक्ष केपी शर्मा ओलीले १० बुँदे सहमतिविपरीत गतिविधि गराउन थालेपछि डडेल्धुरामा एमालेका तत्कालीन अध्यक्ष डा. तारा जोशी नै नेकपा (एकीकृत समाजवादी)मा प्रवेश गर्न लागेका हुन् ।

विज्ञापन

उनलाई नेकपा (एस)का अध्यक्ष माधवकुमार नेपालले भोलि बुधबार जिल्लामा आयोजित एक कार्यक्रममा पार्टी प्रवेश गराउँदै छन् । ओलीले अध्यक्षको रूपमा प्रकाश साउँदलाई जिम्मेवारी दिएपछि एमाले डडेलधुरामा विवाद चर्किएको हो । ती नै साउँदले गाउँ तथा नगर अधिवेशनमा जोशी समूहलाई जानकारी नै नगराई एक्लौटी रूपमा नेतृत्व चयन गरेका थिए।

विज्ञापन

एमाले अध्यक्ष जोशी रहेको र १० बुँदे सहमति कार्यान्वयन नभए पार्टी दुई भागमा विभाजन हुने जोशी समूहका नेता कार्यकर्ताले चेतावनी समेत दिएका थिए। नेकपा फुटेर एमाले बनेपछि केही साथीहरूले नेकपा (एकीकृत समाजवादी) पार्टीको गठन गरेपनि केही साथीले तत्कालीन अवस्थामा यथास्थितिमा रहने निर्णय गरेको डा. जोशीले बताए ।

‘माथिबाटै एमालेको एकता कायम गर्नका लागि विभिन्न प्रयास भए । १० बुँदे सहमतिदेखि लिएर अपानी १२ लगायतको कार्यान्वयन हुन्छ कि हुँदैन भनेर हेरिरहेका थियौं,’ डा. जोशीले भने, ‘तर, कार्यान्वयन भएन् ।

र, हामी समाजवादीमा प्रवेश गर्दैछौँ ।’डा. जोशीको जिल्लामा पकड राम्रो रहेको बताइन्छ । उनीसँगै अधिकांश नेता कार्यकर्ता समाजवादीमा प्रवेश गर्ने तयारी छ । डा. जोशीसँगै नेतृ सकुन्तला नगरकोटी, नवदुर्गा गाउँपालिकाका अध्यक्ष कविन्द्र बिष्ट, अमरगढी नगरप्रमुख संगीता भण्डारी समाजवादीमा प्रवेश गर्दैछन् ।

कार्यकर्ता भेटघाट र कार्यकर्ता प्रशिक्षणका लागि अध्यक्ष नेपाल भोलि (बुधबार) डडेलधुरा आउने लागेको एकीकृत समाजवादी डडेल्धुरा अध्यक्ष तुलाराम बोहराले बताए। उनकाअनुसार नेपालसँगै संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री प्रेमबहादुर आले पनि डडेलधुरा आउन लागेका छन् ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस