शनिबार, जेष्ठ ५, २०८१
  • होमपेज
  • समाचार
  • उपभोक्ताको आवरणमा हुने भ्रष्टाचार रोक्न सहरी मन्त्री रामकुमारीको बोल्ड निर्णय
समाचार

उपभोक्ताको आवरणमा हुने भ्रष्टाचार रोक्न सहरी मन्त्री रामकुमारीको बोल्ड निर्णय

काठमाडौँ । उपभोक्ता समितिबाट काम गराउँदा गुणस्तर कायम गराउन कठिन भएको भन्दै सहरी विकास मन्त्रालयले उपभोक्ता समितिबाट गराइने सबै निर्माणको काम रोकेको छ।

उपभोक्ता समितिको नाममा अनियमितता बढेको सरकारी प्रतिवेदनका आधारमा मन्त्री रामकुमारी झाँक्रीले कात्तिक ७ गते उपभोक्ता समितिबाट निर्माणको काम रोक्ने निर्णय गरेकी हुन्।

विज्ञापन

 

विज्ञापन

समितिबाट काम गराउँदा एकरूपता नभएको भन्दै महालेखा परीक्षकको प्रतिवेदनमा पटक-पटक प्रश्न उठ्ने गरेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत उपभोक्ता समितिबाट भएका निर्माणका काममा भएका अनियमितताका उजुरी बढिरहे पनि सरकारले रोक्न भने सकेको थिएन।

मन्त्रालयले अनुगमन गर्दा समेत उपभोक्ता समितिबाट गराइएका निर्माणको कामको गुणस्तरमा प्रश्न उठेको थियो। यसबारे कुनै नीति नियम नभएको भन्दै मन्त्री झाँक्रीले कार्यविधि नबनेसम्मका लागि उपभोक्ता समितिबाट गराइने सबै प्रकारका निर्माणको काममा रोक लगाउने निर्णय गरेकी हुन्।

मन्त्रीस्तरिय सो निर्णय अनुसार मन्त्रालयले सहरी विकास विकास लगायतका सरोकारवाला निकायमा पत्राचार समेत गरिसकेको छ।

 

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस