शनिबार, जेष्ठ ५, २०८१
  • होमपेज
  • समाचार
  • भीम रावललाई लेखराजको जवाफ : सामाजिक सञ्जालबाट होइन, बैठकमा राख्नोस्
समाचार

भीम रावललाई लेखराजको जवाफ : सामाजिक सञ्जालबाट होइन, बैठकमा राख्नोस्

कपा एमालेका उपाध्यक्ष भीम रावललाई सुदूरपश्चिम प्रदेश इन्चार्ज लेखराज भट्टले कडा जवाफ फर्काएका छन् ।

ADVERTISEMENT

विज्ञापन

उपाध्यक्ष रावलले अवैध भनेको एमाले सुदूरपश्चिमको बैठकलाई सम्बोधन गर्दै इन्चार्ज भट्टले भने, ‘फरक मत राख्नलाई समितिहरू छन्, समितिको बैठकमा राख्नुहोस्, सामाजिक सञ्जालमा होइन ।’

विज्ञापन

ADVERTISEMENT

 

एमाले उपाध्यक्ष रावलले मंगलवार बिहान ट्वीट गर्दै सुदूरपश्चिम प्रदेश कमिटीको बैठकप्रति आपत्ति जनाएका थिए तर नेकपा एमाले कैलालीको पार्टी कार्यालयमा उपाध्यक्ष रावलको अनुपस्थितिमा भइरहेको प्रदेश कमिटीको पूर्ण बैठकमा नेताहरूबीच आरोपप्रत्यारोप चलिरहेको छ ।

पूर्ण बैठकमा सुदूरपश्चिम प्रदेश इन्चार्ज लेखराज भट्ट, सहइन्चार्ज नारदमुनि राना, निरु पाल, प्रदेश अध्यक्ष कर्ण थापा, सचिव राजेन्द्रसिंह रावललगायत नेताको उपस्थिति छ ।

 

 

सामाजिक सञ्जाल ट्विटरमार्फत आपत्ति जनाउँदै उपाध्यक्ष रावलले मंगलवारको बैठक १० बुँदे सहमति विपरीत रहेको जनाएका थिए । उनले बैठकका निर्णय अवैध र अमान्य हुने समेत बताएका छन् ।

उनले लेखेका छन्, ‘आज हुने भनिएको कथित सु.प. प्रदेश कमिटीको बैठक १० बुँदे सहमति र त्यसको कार्यान्वयनका लागि जारी अपानि १२ को विपरीत छ । यो गुटबन्दीको नमूना हो । यो बैठक र यसका निर्णयहरू अवैध र अमान्य छन् । अपानि १२ झापामा लागू हुने, सु.प.मा लागू नहुने किन ? यहाँको भूमि बाह्य अतिक्रमणमा परेकाले हो कि ?’

 

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस