शनिबार, जेष्ठ ५, २०८१
  • होमपेज
  • समाचार
  • चितवनमा विद्यालयस्तरीय राष्ट्रव्यापी पौडी प्रतियोगिता हुने
समाचार

चितवनमा विद्यालयस्तरीय राष्ट्रव्यापी पौडी प्रतियोगिता हुने

चितवन ।

  चितवनमा विद्यालयस्तरीय राष्ट्रव्यापी पौडी प्रतियोगिता हुने भएको छ । कार्तिक २७ र २८ गते भरतपुर महानगर-१३ स्थित लेक ट्वान्टी थाउजेण्ड फार्म रिसोर्ट (एलटिके हवेली) मा हुँदैछ । छात्र र छात्रातर्फ ३६ विधामा प्रतिस्पर्धा हुने एल टिके हवेलीका सन्चालक देभेन लोहनीले जानकारी दिए ।

विज्ञापन

उनका अनुसार ब्रेष्टस्ट्रोकतर्फ १८, बटरफ्लाइतर्फ ८ र फ्रि स्टाइलतर्फ १० खेलहरु हुनेछन् । २५ मिटरदेखि १ सय मिटरसम्मका पौडीका खेल हुनेछन् । प्रतियोगितामा ८-१०, १२-१४ वर्ष उमेर समूह र १५ वर्ष माथिका खेलाडी सहभागी हुनेछन् । चितवन, मोरङ, ललितपुर, काठमाडौं, कास्की, बाँके लगायतका जिल्लाबाट खेलाडी आउनेछन् ।

विज्ञापन

 

२५ मिटर लम्बाइ, १६ मिटर चौडाइमा फैलिएको स्वीमिङ पुल ६ लेनको ३ देखि ६ फिटसम्मको गहिरो छ । प्रतियोगितामा प्राविधिक सहयोग नेपाल पौडी संघको प्राविधिक सहयोग रहेको छ ।

यसअघि यहाँ ६ दिनसम्म राष्ट्रिय तथा जुनियर राष्ट्रिय टिमका १२ जनाले खेलाडीले प्रशिक्षण गरेका थिए । थिए । ११ विघा क्षेत्रफल रहेको रिसोर्ट पर्यटकको रोजाइमा पर्दै आएको छ । स्वीमिङ पुलको संरचना बनाउन २ करोड खर्चेको छ । यहाँ पौडी हबको रुपमा विकास गर्ने लक्ष्य लिइएको छ ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस