काठमाडौं ।
नेकपा (माओवादी केन्द्र) का प्रभावशाली नेता तथा राष्ट्रिय सभाका सदस्य रामनारायण बिडारीले एमसीसीबारे गठबन्धनमा एकमत रहेको र कुनै विवाद नभएको स्पष्ट पारेका छन् ।
विज्ञापन
उनले आफूहरुले सबै देशसँग समान सम्बन्ध राख्ने नीति लिएकोले एमसीसीबारे अब गठबन्धनको बैठकमा छलफल गरिने बताएका हुन् । उनले एमसीसीको म्याद केपी शर्मा ओली सरकारको नेतृत्वमा हुँदा नै सकिएको स्मरण गराए । उनले पाँच दलीय गठबन्धन कुनै पनि हालतमा भताभुंग नहुने जिकिर गरे ।
उनले ओलीको गफ सुन्यो भने मान्छे पागल हुने पनि टिप्पणी गरे । उनले आफ्नो पार्टीका अध्यक्ष ओलीले लगाएको आरोपमा कुनै सत्यता नभएको जिकिर गरे । प्रचण्डले १७ हजार मान्छे मारेको भनेर ओलीले आरोप लगाउनु बेतुकको आरोप भएको उनको भनाई छ । उनले ओलीले अनेक प्रकारका गलत काम गरेको सुनाए ।
फेसबुक प्रतिक्रियाहरु