सोमवार, जेष्ठ ७, २०८१
  • होमपेज
  • पत्रपत्रिका
  • एमाले अध्यक्ष ओली चितवन आउँदै
पत्रपत्रिका

एमाले अध्यक्ष ओली चितवन आउँदै

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली आज चितवन आउँदैछन् । सडक मार्ग हुँदै चितवन आउँदा ओलीले नारायणगढ–मुग्लिन सडकखण्डस्थित दासढुंगामा रहेको मदन आश्रित पार्कमा मदन भण्डारी र जीवराज आश्रितको शालिकमा माल्यार्पण गर्नेछन् । त्यसपछि ओलीले एमालेको केन्द्रीय महाधिवेशन हुने स्थल नारायणी नदी किनारको अवलोकन गर्नेछन् । त्यस लगत्तै भरतपुरको हाकिम चोकमा रहेको चितवन मिडटाउन (सिएमटी) रिसोर्टमा एमाले भरतपुर महानगर कमिटीको प्रथम अधिवेशनलाई उद्घाटन सहित सम्बोधनपश्चात केन्द्रीय महाधिवेशनको सम्पर्क कार्यालयको उद्घाटन गर्ने ओलीको कार्यक्रम छ।

चितवनमा मंसिर १० देखि १२ गतेसम्म एमालेको १० औं राष्ट्रिय महाधिवेशन हुँदैछ । बिहानै उद्धघाटन सत्र संचालन हुने नारायणी किनारको अवलोकन गरेका ओलीले साँझ महाधिवेशनको बन्द सत्र हुने सौराहा क्षेत्र पनि निरिक्षण गर्नेछन् ।नेकपा एमाले भरतपुर महानगर इन्चार्ज देवी ज्ञावलीका अनुसार दुईदिने चितवन बसाईका क्रममा उनी मंगलबार बिहान भरतपुर– १६ ज्ञानेश्वर सामुदायिक वनको काभ्रेघाटमा निर्माणाधीन मिनि पानीजहाजको अवलोकन गर्नेछन् भने दिउँसो प्रस्तावित अयोद्याधामसम्म पुग्ने कार्यक्रम छ । यद्धपी उनी प्रधानमन्त्री रहँदा हात्तिसहित आगो लगाएर भत्काइएको माडी कुसुम खोलाका विपन्न चेपाङ परिवारसंग भेट्ने भने औपचारिक कार्यतालिका छैन ।

विज्ञापन

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड फर्किएलगत्तै ओली चितवन आउनुलाई जिल्लामा दुई पार्टीका शीर्ष नेताको लडाईँको रुपमा पनि विष्लेषण गरिएको छ ।

विज्ञापन

नया पत्रिका

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस