सोमवार, जेष्ठ ७, २०८१
  • होमपेज
  • समाचार
  • माओवादी चल्न थालेको छ, अब उभार आउँछ : प्रचण्ड
समाचार

माओवादी चल्न थालेको छ, अब उभार आउँछ : प्रचण्ड

नेकपा (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेकपा (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केही महिनाभित्रै पार्टीमा उभार आउने बताएका छन् ।

सोमबार कीर्तिपुरमा आयोजित शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा प्रचण्डले नयाँ संकल्पसहित पार्टीलाई पुनर्निर्माण गर्ने, आत्मालोचनासहित जनताका घरमा गएमा केही महिनाभित्र उभार आउने स्थिति रहेको भन्दै उभार आएमा कसैले रोक्न नसक्ने बताएका हुन् ।

विज्ञापन

प्रचण्डले भने, ‘चितवन, सर्लाही गएँ । माओवादी ठिक भयो । २०६४ जस्तै हुन थालेको छ । माओवादीलाई मत दियो भने राष्ट्रियता, संविधान बच्छ भन्ने आउन थालेको छ । माओवादी प्रवेश गर्ने लहर आउँदैछ । अझ तराईमा झन् आउँदैछ । भर्खर शान्ति प्रक्रियामा आउँदा तराईमा माओवादीमय लहर भएको थियो । अहिले पनि त्यहाँ माओवादी नै हाम्रो असली मित्र रहेछ भन्ने चेतना फेरि आएको छ । देशैभरि गति पैदा भएको छ । पार्टी चल्न थालेको छ । थौरै मेहनत गर्ने हो भने उभार आउँछ । विचार नेतृत्व हामीसँग छ ।’

विज्ञापन

माओवादीले राम्रा काम गरे पनि प्रचार गर्न नसकेको उनले बताए ।

‘राम्रा-राम्रा सामान हामीले बनायौं तर प्रचार गर्न सकेनौं । हामीले जनतामाझ गरेका विकास निर्माणका काम भन्नुपर्छ । हामीले बीचमा अलिकति गल्ती गर्‍याैं । अब आत्मसमीक्षा गरेर जनतामा जाऔं,’ उनले भने ।

प्रचण्डले पार्टीले एजेण्डा नछाडेको दाबी गरेका छन् । ‘हामीले एजेण्डा छोडेको हो कि ? उत्साहमा कमी आएको हो कि भन्ने देखिएको छ । अहिले हामीमा नयाँ संकल्पसहित अगाडि बढ्नुपर्छ भन्ने बोध देखिएको छ,’ उनले भने, ‘नेपालमा सबै उत्पीडित वर्गको निम्ति हिजो संघर्ष र युद्ध गरेको हो । पहिचान अधिकार आत्मसम्मानका निम्ति लडेको हो । यसलाई दबाउन विरोधी परिवर्तनका विरोधी तत्वले मारेरै सक्न खोजेका थिए । हजारौं बेपत्ता घाइते सहिद हजारौंको संख्यामा बलिदान भयो । जनयुद्ध यो थियो । जनआन्दोलन सामन्ती व्यवस्थाविरुद्ध थियो ।’

-न्युज कारखाना

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस