सोमवार, जेष्ठ ७, २०८१
  • होमपेज
  • समाचार
  • ‘राम्रा काम गर्‍यौं, तर मार्केटिङ गर्ने हाम्रो क्षमता पुगेको छैन’ : अध्यक्ष प्रचण्ड
समाचार

‘राम्रा काम गर्‍यौं, तर मार्केटिङ गर्ने हाम्रो क्षमता पुगेको छैन’ : अध्यक्ष प्रचण्ड

काठमाडौं ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिको केन्द्रमा माओवादी नै भएको दाबी गरेका छन्। सोमबार कीर्तिपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले माओवादीको साथले नै गठबन्धनबाट ६ वटै प्रदेशमा ओली प्रवृति परास्त गरेको बताएका हुन्।

विज्ञापन

 

विज्ञापन

प्रचण्डले माओवादीलाई साथ दिँदा राष्ट्रिय हित हुन्छ भन्ने जनतामा भाव पैदा हुन थालेको स्पष्ट पारे। उनले पार्टी विभाजन नभई अदालतबाट विभाजन गराइएको दाबी गरे। प्रचण्डले भने, ‘ओलीलाई पार्टीबाट दुईतिहाई मतले निकालिएको थियो। संसदीय दलको नेताबाट पनि हटाइएको थियो तर संसदीय दलको नेताबाट मलाई निर्वाचित गरेर मलाई प्रधानमन्त्री बनाउने निर्णय गरिएकै दिन अदालतबाट नेकपालाई विभाजन गरी एमाले र माओवादी बनाइयो।’

 

उनले माओवादीले गरेका कामको प्रचार कम भएको बताए। ‘हामीले राम्रा-राम्रा काम गर्‍यौं, सामान बनायौं तर बिक्रि गर्न जानिराखेका छैनौं, मार्केटिङ गर्ने हाम्रो क्षमता अलि पुगेको छैन।‘ प्रचण्डले भने,‘ऐतिहासिक काम, जनताका जीवनमा परिवर्तन ल्याउन गरिएका विकास निर्माणका कामहरु जनताको बीचमा स्थापित गर्न जरुरी छ।’

 

उनले जनता बीचमा केहि कमजोरी गरिएकाले आत्मआलोचना गर्दै जनताको घरमा जाँदा केहि महिनामै उभार आउने दाबी गरे। उनले नयाँ संकल्पसहित पार्टी र जनसंगठन पुनर्गठन गर्दै अगाडि बढ्नुपर्ने आवश्यकता रहेको बताए।

 

प्रचण्डले माओवादी नेता विचार,संगठनमा लाग्न छोडेको देख्दा बुर्जाहरुको मनोबल बढेको आशंका गरे। प्रचण्डले अलिअलि एमाले-एमालेजस्तो, अलिअलि कांग्रेसजस्तो देखिएभन्ने जनताले ठान्न थालेको उल्लेख गर्दै माओवादी फरक हो भन्ने देखाउनुपर्ने धारणा राखे। जनआन्दोलनबाट प्राप्त उपलब्धि समाप्त पार्ने षडयन्त्र भइरहेको दाबी गरे।

 

उनले जनताको लोकतन्त्र, संविधानको रक्षा र राष्ट्रियताका विषयमा आधारभूत सहमति भएपछि गठबन्धनको सरकार बनेको स्पष्ट पारे। उनले माओवादीकै सहमतिमा कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन सिफारिस गरेपछि अदालतले नियुक्त गर्न आदेश दिएकाले माओवादीकै विचारको जीत भएको दाबी गरे।

 

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस